Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 21 ONCV

Show ONCV only
Verse × ×
1 Jehoshaphat rested with his ancestors, buried with them in the City of David; his son Jehoram reigned instead. त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।
2 Jehoram's brothers, sons of Jehoshaphat: Azariah, Jehiel, Zechariah, Azariah, Michael, Shephatiah. All these were sons of Jehoshaphat king of Israel. यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।
3 Their father gave them many gifts—silver, gold, precious things—and fortified cities in Judah, but gave the kingdom to Jehoram, because he was firstborn. तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए।
4 Once Jehoram rose over his father's kingdom, he grew strong and killed all his brothers with the sword, and also some of Israel's officials. जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे।
5 Jehoram was thirty-two years old when he became king, and he reigned eight years in Jerusalem. राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।
6 He walked in the way of Israel's kings, as Ahab's house had done, for Ahab's daughter was his wife, and he did evil in our Father's eyes. तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
7 Yet our Father would not destroy the house of David, because of the covenant he made with David, and his promise to give him and his sons a lamp forever. तरै पनि याहवेहले दावीदसित बाँध्नुभएको करारको कारण याहवेहले दावीदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले सदाको निम्ति तिनी र तिनका घरानाका निम्ति प्रकाश दिने एउटा बत्ती दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो।
8 In Jehoram's days Edom rebelled against Judah's rule and set up their own king. यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे।
9 Jehoram crossed with his commanders and all his chariots. He rose at night and struck the Edomites surrounding him and the chariot commanders. यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए।
10 Edom rebelled against Judah's rule to this day; Libnah also rebelled then, because he had abandoned our Father, the God of his ancestors. आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। यहोरामले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका हुनाले त्यही बेला लिब्ना सहर पनि परमेश्‍वरदेखि बागी भयो।
11 He built high places on Judah's hills, led Jerusalem's people to prostitute themselves, and drew Judah astray. तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्‍ट पारे।
12 A letter came to him from Elijah the prophet: Your Father, God of your ancestor David, says: Because you haven't walked in the ways of your father Jehoshaphat, or the ways of Asa king of Judah, यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, जसमा यसरी लेखिएको थियो: “याहवेह, तपाईंका पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँ तेरा पिता यहूदाका राजा यहोशापात अथवा आसाका मार्गहरूमा हिँडेको छैनस्।
13 but walked like Israel's kings, led Judah and Jerusalem's people to be unfaithful, as Ahab's house led Israel, and killed your brothers—your father's house—men better than you, तर इस्राएलका घरानाका राजाहरूका चालहरूमा हिँडेको छस्; अनि आहाबका घरानाले गरेझैँ तैँले यहूदा र यरूशलेमका मानिसहरूलाई वेश्यावृत्तितिर डोर्‍याइस्। तैँले आफ्नै भाइहरू, तेरा पिताका घरानाका सदस्यहरू, तँभन्दा असल मानिसहरूको हत्या गरिस्।
14 now your Father will strike your people, children, wives, and all your goods with a great plague. यसकारण अब याहवेहले तेरा मानिसहरू, तेरा छोराहरू, तेरा पत्नीहरू र तँसित भएका सबै कुरामाथि ठूला-ठूला विपत्तिले नाश गर्न लाग्नुभएको छ।
15 You will have a severe intestinal disease, until day by day your intestines come out. तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ”
16 Our Father stirred up against Jehoram the spirit of the Philistines and Arabs near the Cushites. याहवेहले यहोरामको विरुद्धमा पलिश्तीहरू र कूशीहरूको छेउमा बस्‍ने अरबीहरूलाई भड्काउनुभयो।
17 They attacked Judah, invaded it, and seized all the goods found in the king's palace, plus his sons and wives, leaving him no son except Jehoahaz, his youngest. तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन।
18 After all this, our Father struck him with an incurable disease in his intestines. यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो।
19 In time, after two years, his intestines came out because of his disease, and he died in agony. His people made no fire for him, as they had for his ancestors. केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए।
20 He was thirty-two when crowned king; he reigned eight years in Jerusalem. He died unmourned, buried in the City of David, but not among the kings' tombs. राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक मनाएनन्। तिनी दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा होइन।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]