Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 10 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses, saying: याहवेहले मोशालाई भन्‍नुभयो:
2 "Make yourself two silver trumpets, hammered work; use them to call the community and to move the camps. “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।
3 When both sound, the whole community must gather to you at the entrance to the tent of meeting. जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्।
4 But if only one is blown, the leaders—heads of Israel's clans—are to gather to you. यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्।
5 When you sound a blast, the camps on the east side are to set out. जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्।
6 Sound a second blast: camps on the south side set out. Sound a blast for their setting out. जब तुरही दोस्रोपल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ।
7 But when you call the assembly together, blow a steady note, not an alarm. समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्।
8 Aaron's sons, the priests, are to blow the trumpets—a lasting law for you throughout your generations. “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ।
9 When you go to war in your land against the enemy crushing you, sound an alarm on the trumpets—you will be remembered before me and saved from your enemies. जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ।
10 Also on your day of joy, at your appointed feasts and new moons, blow the trumpets over your burnt offerings and over your peace offerings—a memorial for you before our Father. I am your Father." त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
11 In the second year, second month, on the twentieth day, the cloud lifted from over the tabernacle of the testimony. इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो,
12 The Israelites set out from the Sinai wilderness, stage by stage; the cloud settled in the Paran wilderness. तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे।
13 This was their first setting out, at our Father's command through Moses. याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलोपल्ट यात्रा सुरु गरे।
14 Judah's camp banner set out first, by their divisions, Nahshon son of Amminadab over his division. यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।
15 Nethanel son of Zuar was over the division of the tribe of Issachar, इस्साखारको कुलको दल सूआरका छोरा नथनिएलको जिम्मामा थियो।
16 and Eliab son of Helon was over the division of the tribe of Zebulun. अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो।
17 The tabernacle was taken down, and the sons of Gershon and sons of Merari set out, carrying it. त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे।
18 Reuben's camp standard set out by divisions, Elizur son of Shedeur over its division. त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए।
19 Shelumiel son of Zurishaddai was over the division of the tribe of Simeon, शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए।
20 and Eliasaph son of Deuel was over the division of the tribe of Gad. अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए।
21 The Kohathites set out carrying the holy things, and the tabernacle was set up before they arrived. त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो।
22 Ephraim's camp standard set out by division, Elishama son of Ammihud over its division. त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए।
23 Gamaliel son of Pedahzur was over the division of the tribe of Manasseh, मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए।
24 and Abidan son of Gideoni was over the division of the tribe of Benjamin. अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए।
25 Dan's camp standard set out, rear guard of all the camps, by their divisions, with Ahiezer son of Ammishaddai over its division. अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए।
26 Pagiel son of Ochran was over the division of the tribe of Asher, आशेरको कुलको दलका अगुवा ओक्रानका छोरा पगीएल थिए।
27 and Ahira son of Enan was over the division of the tribe of Naphtali. अनि नप्‍ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए।
28 This was the order of march for the Israelites by their divisions as they set out. इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्‌क्ति यही थियो।
29 Moses said to Hobab son of Reuel the Midianite, his father-in-law, "We are traveling to the place our Father said, 'I will give it to you.' Come with us; we will treat you well, for our Father has promised good to Israel." मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्‍नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।”
30 But Hobab said to him, "I will not go; I am returning to my own land and my own people." तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।”
31 Moses said, "Please don't leave us, since you know where we should camp in the wilderness, and you'll be our eyes. तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्‍नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्‍न सक्नुहुन्छ।
32 If you come with us, whatever good our Father does for us, we'll do the same for you." यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्‌नेछौँ।”
33 They set out from the mountain of our Father on a three-day journey, and the ark of our Father's covenant went ahead of them that three-day journey, seeking a resting place for them. यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए।
34 The cloud of our Father was over them by day as they left the camp. जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।
35 Whenever the ark set out, Moses said, "Rise, O Father! Let your enemies be scattered; let those who hate you flee before you." जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”
36 Whenever it rested, he'd say, "Return, O Father, to Israel's countless thousands." जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]