Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 1 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses in the Sinai wilderness, in the tent of meeting, on the first day of the second month of the second year after they left the land of Egypt. He said: इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्‍नुभयो,
2 "Count the whole community of Israel's people, by clans and fathers' houses—every male, by name, head by head. “सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
3 Register everyone in Israel twenty and older who can serve in the army—you and Aaron—by their divisions. तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
4 A man from each tribe is to be with you, each one the head of his family. हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
5 "Names of the men who will stand with you: from Reuben, Elizur son of Shedeur. तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
6 "From Simeon, Shelumiel son of Zurishaddai; शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
7 "From Judah, Nahshon son of Amminadab; यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
8 "From Issachar, Nethanel son of Zuar; इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
9 "From Zebulun, Eliab son of Helon; जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
10 "From the sons of Joseph: from Ephraim, Elishama son of Ammihud; from Manasseh, Gamaliel son of Pedahzur; योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल;
11 "From Benjamin, Abidan son of Gideoni; बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
12 "From Dan, Ahiezer son of Ammishaddai; दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
13 "From Asher, Pagiel son of Ochran; आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
14 "From Gad, Eliasaph son of Deuel; गादको कुलबाट देउएलको छोरो एल्यासाप;
15 "From Naphtali, Ahira son of Enan. नप्‍तालीको कुलबाट एनानको छोरा अहीरा।”
16 "These were the community's called ones, leaders of their ancestral tribes, heads of Israel's clans." यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
17 So Moses and Aaron took these men who had been designated by name, माथि नाम उल्‍लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
18 on the first day of the second month they gathered the whole community. The people registered their ancestry by clan and family—every male twenty years old and older, listed by name, one by one, र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
19 as our Father had commanded Moses. So Moses counted them in the wilderness of Sinai. याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
20 From Reuben's descendants, Israel's firstborn: recorded by clan and family, name by name, every male twenty years old and up, able to serve in war. इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
21 Those counted from the tribe of Reuben were 46,500. रूबेनको कुलको संख्या 46,500 थियो।
22 Simeon's descendants, by clans and families, counted by name, head by head: every male twenty years old and up, fit for the army. शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
23 Those counted from the tribe of Simeon were 59,300. शिमियोन कुलको संख्या 59,300 थियो।
24 From Gad's descendants: by clans, families, and names, every man twenty and older fit for military service. गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
25 Those counted from the tribe of Gad were 45,650. गाद कुलको संख्या 45,650 थियो।
26 Judah's descendants, listed by clans and families, by name, every man twenty and older able to serve in the army: यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
27 those counted from the tribe of Judah were 74,600. यहूदा कुलको संख्या 74,600 थियो।
28 Issachar's descendants, listed by clan and family, by name, every man twenty years and older fit for war: इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
29 those counted from the tribe of Issachar were 54,400. इस्साखारको कुलको संख्या 74,600 थियो।
30 Zebulun's descendants: registered by clan and family, by name, every man twenty years old or older fit for military service. जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
31 Those counted from the tribe of Zebulun were 57,400. जबूलून कुलको संख्या 57,400 थियो।
32 Sons of Joseph, Ephraim's line: recorded by clan and family, by name, every man twenty and older fit for military service. योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
33 Those counted from the tribe of Ephraim were 40,500. एफ्राइम कुलको 40,500 थियो।
34 Manasseh's descendants, listed by clans and families, by name, each man twenty years or older able to serve in the army: मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
35 those counted from the tribe of Manasseh were 32,200. मनश्शे कुलको संख्या 32,200 थियो।
36 From Benjamin's descendants, recorded by clan and family, by name, every man twenty years old and older, fit for military service: बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
37 those counted from the tribe of Benjamin were 35,400. बेन्यामीन कुलको संख्या 35,400 थियो।
38 From Dan's descendants, listed by clan and family, by name, every man twenty years old and older fit for war: दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
39 those counted from the tribe of Dan were 62,700. दान कुलको संख्या 62,700 थियो।
40 Asher's descendants, listed by clan and family, by name: every man twenty years old and up, fit for military service. आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
41 Those counted from the tribe of Asher were 41,500. आशेर कुलको संख्या 41,500 थियो।
42 Naphtali's descendants: by clan and family, counted by name, every man twenty and older fit for war. नप्‍तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।
43 Those counted from the tribe of Naphtali were 53,400. नप्‍ताली कुलको संख्या 53,400 थियो।
44 Moses, Aaron, and Israel's twelve leaders counted these men, each for his family. मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
45 All Israel's people were counted by families, every man twenty years old and older, fit to serve in Israel's army. बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
46 All those counted came to 603,550. तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
47 But the Levites were not counted among them by their ancestral tribe. लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
48 For our Father had said to Moses: याहवेहले मोशालाई भन्‍नुभएको थियो:
49 "Do not count the tribe of Levi or list them among the Israelites. “तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
50 Instead, put the Levites in charge of the tabernacle of the testimony, all its furnishings, and everything belonging to it. They must carry the tabernacle and its furnishings, care for it, and camp around it. त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
51 When the tabernacle sets out, Levites take it down; when it is pitched, Levites set it up. Any outsider who comes near is to be put to death. जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।
52 Israel's people are to camp, each by his own camp, each under his own banner, by their companies. इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्।
53 The Levites must camp around the tabernacle of the testimony, so no wrath falls on the Israelite community; the Levites are to guard the tabernacle of the testimony." तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।”
54 The people of Israel did everything our Father had commanded Moses; that is exactly what they did. इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]