Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Mark 14 ONCV

Show ONCV only
Verse × ×
1 Two days before Passover and Unleavened Bread, the chief priests and scribes were looking for a way to seize Jesus by trickery and kill him. अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
2 For they said, "Not during the feast, or the people might riot." तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्‍चाउन सक्छन्।”
3 While he was in Bethany, in Simon the leper's house, reclining at the table, a woman came with an alabaster flask of pure nard perfume, very costly. She broke the flask and poured it on his head. उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्।
4 There were some who said to themselves indignantly, "Why was this perfume wasted like that? त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
5 For this perfume could have sold for over 300 denarii and given to the poor." And they scolded her. यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
6 But Jesus said, "Leave her alone. Why trouble her? She has done a beautiful thing for me. येशूले भन्‍नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे।
7 For the poor are always with you, and you can do good for them whenever you want; but you won't always have me. गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
8 She has done what she could; she has anointed my body beforehand for burial. यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।
9 Truly, I tell you, wherever the gospel is preached worldwide, what she did will be told in memory of her." म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
10 Then Judas Iscariot, one of the twelve, went to the chief priests to betray Jesus to them. तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो।
11 Hearing this, they were glad and promised him money. So he looked for a chance to betray Jesus. यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
12 On the first day of Unleavened Bread, when they sacrificed the Passover lamb, his disciples asked him, "Where do you want us to go and prepare for you to eat the Passover?" अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
13 He sent two of his disciples, "Go into the city; a man carrying a jar of water will meet you. Follow him, यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।
14 and wherever he enters, tell the house's owner, 'The Teacher says: Where is my guest room, where I may eat the Passover with my disciples?' ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’
15 And he will show you a large upper room furnished and ready; there prepare for us." उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।”
16 The disciples left, went to the city, found things as he had told them, and prepared the Passover. ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।
17 And when it was evening, Jesus came with the twelve. जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो।
18 While they reclined and ate, Jesus said, "Truly, I tell you, one of you will betray me, one eating with me." जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।”
19 They began to grieve and ask him, one by one, "Is it I?" तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?”
20 He said to them, "One of the twelve, dipping bread with me into the dish. उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
21 The Son of Man goes as the Scriptures said about him, but how terrible for that man who betrays him—better if he had never been born." मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
22 As they ate, he took bread, blessed it, broke it, gave it to them, and said, "Take; this is my body." जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
23 He took a cup, gave thanks, gave it to them, and they all drank from it. त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए।
24 He said to them, "This is my blood of the covenant, poured out for many. तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
25 Truly I tell you, I will not drink wine again until that day when I drink it new in the kingdom of our Father." म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
26 And when they had sung a hymn, they went out to the Mount of Olives. एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
27 Jesus said to them, "You will all stumble, for it's written: 'I will strike the shepherd, and the sheep will be scattered.' येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’
28 But after I am raised up, I will go ahead of you to Galilee." तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
29 Peter said to him, "Even though they all fall away, I will not." पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।”
30 Jesus said to him, "Truly I tell you, today, this night, before the rooster crows twice, you will deny me three times." येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आजै राति दुईपल्ट भाले बास्‍नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
31 But he insisted, "Even if I must die with you, I will never deny you." They all said the same. तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।
32 They arrived at a place called Gethsemane, and he told his disciples, "Sit here while I pray." त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।”
33 He took Peter, James, and John, and began to feel deep distress and anguish. उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो।
34 He said to them, "My soul is crushed with grief, to death. Stay here and stay alert." उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
35 Going a little farther, he fell to the ground and prayed that, if possible, the hour would pass from him. अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
36 He said, "Abba, Father, all things are possible for you. Take this cup from me—but let it be your will, not mine." उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
37 He returned, found them asleep, and said to Peter, "Simon, are you asleep? Couldn't you stay awake one hour? तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ?
38 Watch and pray, so you don't fall into temptation. The spirit is willing, but the flesh is weak." जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
39 And again he went away and prayed, saying the same words. उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो
40 Again he found them sleeping, eyes heavy, not knowing how to answer him. जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
41 He came a third time and said, "Still sleeping and resting? Enough—the hour has come. Look, the Son of Man is handed over into the hands of sinners. उहाँ तेस्रोपल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
42 Rise, let us be going; see, my betrayer is here." उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
43 While he was still speaking, Judas—one of the twelve—arrived, and with him a crowd with swords and clubs from the chief priests, scribes, and elders. उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्‍यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
44 His betrayer had given them a signal: "The one I kiss is him—seize him and take him away securely." त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।”
45 He came up to Jesus at once, said, "Rabbi!" and kissed him. यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो।
46 And they laid hands on him and seized him. ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए।
47 One of the bystanders drew his sword, struck the high priest's servant, and cut off his ear. तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो।
48 Jesus said to them, "Have you come out with swords and clubs to seize me, like a robber? येशूले भन्‍नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ?
49 Every day I was with you in the temple teaching, and you didn't arrest me. But let the Scriptures be fulfilled." म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”
50 And they all left him and fled. तब सबैले उहाँलाई त्यागेर भागे।
51 And a young man followed him, wearing nothing but a linen cloth. And they seized the young man, एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
52 but he left the linen cloth and ran away naked. त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
53 They led Jesus to the high priest, and all the chief priests and elders and scribes gathered. तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
54 Peter had followed at a distance, all the way into the high priest's courtyard, and sat with the guards, warming himself by the fire. पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।
55 The chief priests and the whole council sought testimony against Jesus to put him to death, but found none. मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।
56 For many gave false testimony against him, but their testimony did not agree. धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन।
57 And some stood up and gave false testimony against him, saying, तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
58 "We heard him say, 'I will destroy this temple made by hands, and in three days build another not made by hands.'" “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।”
59 Yet even about this their testimony did not agree. तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
60 The high priest stood up in the midst and asked Jesus, "You have no answer? What are these men testifying against you?" तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
61 He stayed silent, answered nothing. Again the high priest asked him, "Are you the Christ, the Son of the Blessed?" तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन। प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्‍ट होस्?”
62 Jesus said, "I AM, and you will see the Son of Man seated at the right hand of the Mighty One and coming with heaven's clouds." येशूले भन्‍नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
63 And the high priest tore his clothes and said, "What further witnesses do we need? प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?
64 You have heard his blasphemy. What is your decision?" And they all condemned him as deserving death. तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।
65 Some began spitting on him, covering his face, and punching him, saying to him, "Prophesy!" Then the guards slapped him. तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।
66 While Peter was below in the courtyard, one of the high priest's servant girls came, त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
67 seeing Peter warming himself, she looked at him and said, "You too were with the Nazarene, Jesus." त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी। र भनी, “तिमी पनि त नासरतका येशूको साथमा थियौ।”
68 But he denied it: "I don't know or understand what you mean." Then he went out to the entrance, and a rooster crowed. तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।
69 The servant girl saw him and again told the bystanders, "This man is one of them." जब त्यस सेविकाले तिनलाई त्यहाँ देखेर त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एक हो।”
70 But he denied it again. A little later the bystanders again told Peter, "You truly are one of them, for you're a Galilean." तिनले फेरि पनि इन्कार गरे। केही समय बितेपछि त्यहाँ छेउमा उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ; किनकि तिमी गालीली हौ।”
71 He began to call down curses on himself and swear, "I don't know this man you're talking about." तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”
72 At once a rooster crowed a second time. Peter remembered Jesus' words: "Before the rooster crows twice, you will deny me three times." He broke down and wept. त्यतिखेरै भाले दोस्रोपल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्‍नुभएको यो वचन सम्झे: “दुईपल्ट भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]