Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Luke 8 ONCV

Show ONCV only
Verse × ×
1 Soon after, he traveled through towns and villages, preaching and announcing the good news of our Father's kingdom. The twelve were with him, त्यसपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
2 and some women healed of evil spirits and illnesses: Mary, called Magdalene, from whom seven demons had left, दुष्‍ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्‍ने मरियम, जसबाट सात वटा दुष्‍ट आत्माहरू निस्केका थिए;
3 and Joanna, wife of Chuza, manager for Herod, and Susanna, and many others, who supported them from their own resources. हेरोदका कामदार कुजाकी पत्नी योअन्‍ना थिइन्। साथै सुसन्‍ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।
4 As a large crowd gathered, with people from every town coming to him, he spoke in a parable: जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्‍टान्त भन्‍नुभयो:
5 "A sower went out to sow. As he sowed, some seed fell on the path, got trampled, and birds of the sky ate it. “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए।
6 Other seed fell on rock; sprouting, it withered from lack of moisture. केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन।
7 Some fell among the thorns, and the thorns grew up with it and choked it. केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए।
8 Other seed fell on good soil, grew, and yielded a hundredfold." Saying this, he called out, "Whoever has ears to hear, let him hear." कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” यति भनिसकेपछि उहाँले उच्‍च सोरमा भन्‍नुभयो, “जसका सुन्‍ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।”
9 His disciples asked him what this parable meant. उहाँका चेलाहरूले यो दृष्‍टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
10 He said, "You've been given to know the secrets of our Father's kingdom; the rest get parables, so that 'seeing they may not see, and hearing they may not understand.'" उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्‍टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
11 "Now the parable is this: The seed is the word of our Father. “दृष्‍टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्‍वरको वचन हो।
12 Those along the path are the ones who hear; then the devil comes and takes the word from their hearts, so they won't believe and be saved. बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्‍वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
13 Those on the rock hear the word and receive it with joy, but have no root; they believe for a while, then fall away in time of testing. ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्‍वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्।
14 What fell among thorns: these are those who hear, but as they go, life's worries, wealth, and pleasures choke them, and their fruit never matures. काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्।
15 But the one in good soil: these hear the word with an honest, good heart, hold it firmly, and bear fruit through perseverance." तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्।
16 "No one lights a lamp, covers it with a jar, or puts it under a bed; instead, he sets it on a stand, so those entering can see the light. “कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ।
17 For nothing is hidden that won't be revealed, nothing secret that won't be known and brought to light. किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्‍तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन।
18 So watch how you listen, for whoever has, more will be given to him; whoever has not, even what he thinks he has will be taken away." त्यसकारण तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससँग छैन, त्यसले आफूसँग जे छ भनी ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”
19 His mother and brothers came to him but couldn't reach him because of the crowd. येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्।
20 And he was told, "Your mother and your brothers are standing outside, wanting to see you." कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।”
21 But he answered them, "My mother and my brothers are those who hear the word of our Father and do it." उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।”
22 One day he and his disciples got into a boat. He said to them, "Let us cross over to the other side of the lake." So they set out. एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो।
23 As they sailed, he fell asleep. A windstorm swept down on the lake; the boat filled with water, and they were endangered. तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
24 They woke him, saying, "Master, Master, we're dying!" He got up, rebuked the wind and the raging water; they stopped, and it grew calm. तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो।
25 He asked them, "Where is your faith?" Afraid and amazed, they said to each other, "Who then is this? He commands even the winds and water, and they obey him." उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास खोइ?” डर र आश्‍चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”
26 Then they sailed to the region of the Gerasenes, which is opposite Galilee. उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।
27 As Jesus stepped onto land, a demon-possessed man from the city met him. For a long time he'd worn no clothes and stayed not in a house but among the tombs. येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्‍नेगर्थ्यो।
28 Seeing Jesus, he cried out, fell before him, and said loudly, "What do you want with me, Jesus, Son of the Most High God? I beg you, don't torment me!" जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्‍यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
29 Jesus had ordered the unclean spirit out of the man, for it had often seized him; though guarded and bound with chains and shackles, he would break them and be driven by the demon into the wilderness. किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरैपल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो।
30 Jesus asked him, "What is your name?" He said, "Legion," for many demons had entered him. येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए।
31 And they begged him not to command them to depart into the abyss. तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे।
32 A large herd of pigs was feeding on the hillside there. The demons begged him to let them enter the pigs, and he allowed it. त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो।
33 So the demons left the man and entered the pigs; the herd rushed down the cliff into the lake and drowned. तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे।
34 Herdsmen saw it, fled, and reported it in the city and in the countryside. जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए।
35 The crowd came out to see what had happened. Reaching Jesus, they found the man freed of demons sitting at Jesus' feet, dressed and clear-minded—and fear seized them. मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए।
36 And those who had seen it told them how the demon-possessed man had been healed. जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।
37 All the people of the Gerasene region asked him to leave them, because great fear gripped them. So he boarded the boat and went back. तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो।
38 The man the demons had left begged to go with him, but Jesus sent him away, saying, जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्‍यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो,
39 "Return home; tell how much our Father has done for you." He went, proclaiming throughout the whole city how much Jesus had done for him. “तिमी आफ्नै घरमा फर्क। परमेश्‍वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो।
40 Now when Jesus returned, the crowd welcomed him, for they were all waiting for him. जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए।
41 A man named Jairus, a synagogue leader, came and fell at Jesus' feet, begging him to come to his house, तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे।
42 for he had an only daughter, about twelve years old, dying. As Jesus went, crowds pressed around him. किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।
43 A woman had bled for twelve years; she had spent her whole livelihood on doctors, but none could heal her. बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन।
44 Coming up behind him, she touched the tassel of his cloak, and her bleeding stopped instantly. त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो।
45 Jesus said, "Who touched me?" When all denied it, Peter said, "Master, the crowds crowd and press against you." येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”
46 But Jesus said, "Someone touched me, for I felt that power had gone out from me." तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”
47 Seeing she couldn't stay hidden, the woman came trembling, fell before him, and declared in front of everyone why she'd touched him and how she was instantly healed. तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई।
48 And he said to her, "Daughter, your faith has healed you; go in peace." तब उहाँले उसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”
49 While he was still speaking, someone from the synagogue leader's house said, "Your daughter has died; don't bother the Teacher anymore." येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्‍ट नदिनुहोस्।”
50 But Jesus heard and answered him, "Don't be afraid; just believe, and she'll be saved." यो सुनेर येशूले याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र ऊ निको हुनेछे।”
51 Arriving at the house, he let no one enter with him except Peter, John, James, and the child's father and mother. याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्‍ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
52 All were weeping and mourning her, but he said, "Don't weep, for she's not dead, only asleep." त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”
53 And they laughed at him, knowing that she was dead. त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए।
54 But he took her by the hand and called out, "Child, get up." तर उहाँले त्यसको हात समातेर भन्‍नुभयो, “मेरी छोरी, उठ!”
55 Her spirit returned, and she got up instantly. He told them to give her something to eat. अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।
56 Her parents were amazed, but he ordered them to tell no one what had happened. त्यसका आमाबुबा आश्‍चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्‍नू भन्‍ने आज्ञा दिनुभयो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]