Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Leviticus 8 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses: याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Take Aaron and his sons with him, the garments, the anointing oil, the bull of the sin offering, the two rams, and the basket of yeast-free bread, “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।
3 and assemble the whole congregation at the entrance of the tent of meeting." अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।”
4 Moses did as our Father commanded him; the assembly gathered at the entrance of the tent of meeting. तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो।
5 And Moses said to the congregation, "This is what our Father has commanded to be done." मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्‍ने आज्ञा दिनुभएको छ।”
6 Then Moses brought Aaron and his sons forward and washed them with water. तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए।
7 He put the tunic on Aaron, tied the sash around him, dressed him in the robe, put the ephod on him, tied the ephod's skillfully woven band around him, and fastened it to him. तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्‍याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो।
8 He placed the breastpiece on him, and in the breastpiece he put the Urim and the Thummim. तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए।
9 He set the turban on Aaron's head, and on its front he set the gold plate, the holy crown, as our Father commanded Moses. त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए।
10 Then Moses took the anointing oil and anointed the tabernacle and everything in it, and consecrated them. त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे।
11 He sprinkled some of it on the altar seven times, anointing the altar, all its utensils, and the basin with its stand, to dedicate them. तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के।
12 He poured some anointing oil on Aaron's head and anointed him to dedicate him. तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए।
13 Then Moses brought Aaron's sons forward, dressed them in tunics, tied on sashes, and put caps on their heads, as our Father had commanded Moses. त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए।
14 He brought the bull of the sin offering, and Aaron and his sons laid their hands on its head. त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे।
15 Moses slaughtered it, took the blood, and with his finger applied it to the altar's horns all around, purifying the altar. He poured the rest of the blood at the altar's base and dedicated the altar, making atonement for it. मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्‍चित गर्नलाई वेदीलाई अर्पण गरे।
16 He took all the fat on the inner organs, the liver's lobe, and the two kidneys with their fat, and burned it on the altar. मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए।
17 But the bull—hide, flesh, and waste—he burned outside the camp, as our Father commanded Moses. तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए।
18 He brought the ram for the burnt offering; Aaron and his sons laid their hands on its head. त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
19 Moses slaughtered it and threw the blood against the sides of the altar. तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के।
20 He cut the ram into pieces and burned the head, the pieces, and the fat. मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए।
21 He washed the inner organs and legs in water, then burned the whole ram on the altar—a burnt offering, a pleasing aroma, a food offering to our Father, as our Father commanded Moses. मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्‍नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
22 He brought the second ram, the ram of ordination, and Aaron and his sons laid their hands on its head. त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
23 Moses slaughtered it, took some of its blood, and put it on Aaron's right earlobe, right thumb, and right big toe. मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए।
24 Moses brought Aaron's sons near and put blood on their right earlobes, thumbs, and big toes, then splashed the rest against the altar's sides. मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए।
25 He took the fat, the fat tail, all the fat on the intestines, the liver's long lobe, the two kidneys with their fat, and the right thigh. त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए।
26 From the basket of unleavened bread before our Father, he took one cake, one oiled cake, and one wafer, and put them on the fat and the right thigh. त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले।
27 He put all these in Aaron's and his sons' hands, and waved them as a wave offering before our Father. तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
28 Moses took them from their hands and burned them on the altar with the burnt offering—an ordination offering, a pleasing aroma, a food offering to our Father. त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्‍नाझैँ उहाँलाई चढाए।
29 Moses took the breast and waved it as a wave offering before our Father—Moses's portion from the ram of ordination, as our Father commanded him. मोशाले ह्‍याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
30 Moses took some anointing oil and some blood from the altar and sprinkled it on Aaron and his garments, on his sons and their garments. So he consecrated Aaron and his garments, and his sons and their garments with him. त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
31 Moses told Aaron and his sons, "Boil the meat at the tent of meeting's entrance, eat it there with the bread from the ordination-offering basket, as I commanded: Aaron and his sons will eat it. त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।
32 Whatever is left of the meat and the bread, burn it with fire. त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू।
33 Do not leave the Tent of Meeting's entrance for seven days, until your ordination days end, for it takes seven days to ordain you. तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्‍त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू।
34 What has been done today, our Father has commanded to be done to make atonement for you. आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्‍चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो।
35 Stay at the tent of meeting's entrance day and night, seven days, doing what our Father requires, so you do not die—this is what I was commanded." तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्‍नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।”
36 So Aaron and his sons did everything our Father had commanded through Moses. यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]