Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Leviticus 5 ONCV

Show ONCV only
Verse × ×
1 "If anyone sins by hearing a public call to testify, and is a witness, having seen or known, yet stays silent, he bears his guilt. “ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ।
2 "Or if someone unknowingly touches any unclean thing, or a carcass—unclean wild animal, unclean livestock, or unclean swarming creature—he becomes unclean and guilty. “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्‍डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ।
3 "Or if he touches human impurity—any impurity that makes one unclean—unknowingly, then learns of it, he is guilty. अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ।
4 "Or if anyone rashly swears an oath to do evil or good—whatever people rashly swear—and it's hidden from him, when he realizes it, he's guilty in any of these. अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ।
5 When anyone is guilty in any of these matters, he must confess the sin he has committed. यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ।
6 He must bring our Father a penalty offering for the sin he committed—a female from the flock, a lamb or goat—as a sin offering; the priest will atone for his sin. अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गर्नेछ।
7 "If he can't afford a lamb, he must bring our Father two turtledoves or two young pigeons as penalty for his sin—one as a sin offering, the other as a burnt offering. “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति।
8 He brings them to the priest, who presents the sin offering first, wringing its head at the neck without separating it. त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्,
9 He sprinkles some blood from the sin offering on the altar's side; the rest drains at its base. It is a sin offering. अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो।
10 The second bird he offers as a burnt offering, per the rule. The priest atones for his sin, and he is forgiven. त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यसले क्षमा पाउनेछ।
11 "But if he cannot afford two doves or two young pigeons, he must bring two quarts of fine flour as his sin offering—no oil or incense on it, for it is a sin offering. “ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्।
12 He must bring it to the priest, who takes a handful as its memorial portion and burns it on the altar atop our Father's fire offerings. It is a sin offering. त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो।
13 The priest will atone for him for any of these sins he committed, and he'll be forgiven; the rest belongs to the priest, like the grain offering." यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ”
14 Then our Father said to Moses, फेरि याहवेहले मोशालाई भन्‍नुभयो:
15 "If anyone is unfaithful and sins unintentionally against any of our Father's holy things, he must bring our Father a ram without defect from the flock as his guilt offering, valued in silver by weight by the sanctuary standard—a guilt offering. “जब कसैले आज्ञा उल्‍लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो।
16 He must repay for the holy thing he sinned against, adding a fifth, and give it to the priest. The priest will atone for him with the guilt-offering ram, and he'll be forgiven. त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
17 "If anyone sins, doing what our Father commanded not to be done, even unknowingly, he is guilty and bears his wrongdoing. “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ।
18 He must bring the priest a flawless ram from the flock, at the assessed value, as a guilt offering; the priest will atone for his unwitting sin, and he'll be forgiven. त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
19 It is a guilt offering; he was certainly guilty before our Father." यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]