Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Leviticus 21 ONCV

Show ONCV only
Verse × ×
1 Our Father said to Moses: "Tell the priests, Aaron's sons: No one may make himself unclean for the dead among his people, याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्।
2 except for his closest relatives—his mother, his father, his son, his daughter, his brother, तर आफ्नो साक्खै अर्थात् आफ्ना आमाबुबा, आफ्ना छोराछोरी, दाजुभाइ,
3 or his virgin sister, close to him, still unmarried—for her he may become unclean. अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ।
4 He must not make himself unclean as a leader among his people and desecrate himself. वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्।
5 They must not shave their heads bald, shave off their beard edges, or gash their bodies. “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्।
6 They must be holy to their Father and not desecrate his name; they present our Father's food offerings, his bread, so they must be holy. आफ्ना परमेश्‍वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्‍वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्।
7 They must not marry a prostitute, one made unclean, or one divorced from her husband; the priest is holy to his Father. “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्।
8 Treat him as holy—he offers your Father's bread. He is to be holy to you, for I, your Father who makes you holy, your Father who sets you apart, am holy. तिमीहरूले पुजारीहरूलाई पवित्र मान्‍नू। किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु।
9 A priest's daughter who desecrates herself by prostitution desecrates her father; she is to be burned with fire. “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्।
10 The high priest, greatest among his brothers, with anointing oil poured on his head and ordained to wear the garments, must not let his hair hang loose or tear his clothes. “ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्, र आफ्ना लुगा नच्यातोस्।
11 He must not go near a corpse or make himself unclean, even for his father or mother. कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्;
12 He must not leave the sanctuary or desecrate his Father's sanctuary; his anointing oil has dedicated him. I am your Father. न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ।
13 He is to marry only a virgin. “ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ।
14 He may not marry a widow, divorced woman, or woman made unclean by prostitution—only a virgin from his own people. त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ।
15 So he won't desecrate his offspring among his people, for I, your Father, make him holy—his Father who sets him apart." त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”
16 And our Father said to Moses: याहवेहले मोशालाई भन्‍नुभयो,
17 "Speak to Aaron: no descendant of yours, in any generation, who has a defect may approach to offer his Father's food. “हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्‍वरको भोजन चढाउनलाई नजिक नआओस्।
18 No man with a defect may approach: blind, lame, disfigured-faced, or deformed-limbed, यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्‍टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप;
19 or a man who has a broken foot or a broken hand, अपाङ्ग खुट्टा वा हात भएको मानिस,
20 or a hunchback, a dwarf, an eye defect, festering sores, scabs, or crushed testicles. कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।
21 No descendant of Aaron the priest with a defect may approach to offer our Father's food offerings; with a defect, he may not approach to offer his Father's bread. पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्‍वरको भोजन चढाउन नजिक नआओस्।
22 He may eat the bread of his Father, both the most holy and the holy things. तर त्यसले आफ्नो परमेश्‍वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ।
23 He must not go near the veil or approach the altar, having a defect, so he won't desecrate my holy places—for I, your Father, make them holy, their Father who sets them apart." त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”
24 So Moses spoke this to Aaron and his sons and to all the people of Israel. यसकारण मोशाले हारून र उनका छोराहरूलाई अनि सारा इस्राएलीहरूलाई यी कुरा सुनाए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]