Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Leviticus 19 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses, saying: याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Speak to the whole community of Israel: You are to be holy, for I, your Father, am holy. “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु।
3 "Each of you must respect your mother and father, and keep my Sabbaths. I am your Father. “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथ दिनहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
4 "Do not turn to idols or make for yourselves gods of cast metal. I am your Father. “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
5 "When you sacrifice a peace offering to me, offer it so you will be accepted. “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्।
6 Eat it the day you offer it, or the next; anything left to the third day, burn in fire. त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्।
7 If any is eaten on the third day, it is foul and will not be accepted. यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन।
8 Whoever eats it bears their guilt, for they desecrated what is holy to me; that person will be cut off from their people. त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्।
9 "When you harvest your land, do not reap to the field's edges or gather the gleanings of your harvest. “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू।
10 Do not strip your vineyard bare or gather its fallen grapes. Leave them for the poor and the foreigner. I am your Father. तिमीहरू आफ्नो दाखबारीमा दोस्रोपल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
11 "Do not steal; do not deceive; do not lie to one another. “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू।
12 "Don't swear falsely by my name, desecrating your Father's name. I am your Father. “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ।
13 "You shall not oppress your neighbor or rob him. Do not hold a hired worker's wages overnight. “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू।
14 "Do not curse the deaf or place a stumbling block before the blind, but fear your Father. I am your Father. “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।
15 "Do not pervert justice in your decisions. Do not favor the poor or defer to the great, but judge your neighbor fairly. “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।
16 "Don't spread slander among your people, and don't stand idle while your neighbor's life is in danger. I am your Father. “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
17 "Do not hate your brother in your heart; correct your neighbor openly, so you don't bear sin because of him. “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
18 Do not take revenge or hold a grudge against your own people, but love your neighbor as yourself. I am your Father. “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
19 "Keep my decrees. Don't breed your livestock with a different kind. Don't sow your field with two kinds of seed, or wear a garment of two kinds of material. “ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू।
20 "If a man sleeps with a slave woman assigned to another man, and she has not been bought back or set free, an inquiry is required. They are not to be put to death, since she was not free. “ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्‍का भएकी थिइन।
21 He is to bring his guilt offering to me, at the entrance of the tent of meeting—a ram as the guilt offering. तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्।
22 The priest will make atonement for him with the ram of the guilt offering before me, for the sin he committed; and he will be forgiven the sin he committed. त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ।
23 "When you enter the land and plant any food tree, treat its fruit as forbidden. For three years it is forbidden to you; do not eat it. “ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन।
24 In the fourth year all its fruit is to be holy, an offering of praise to me. चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ।
25 But the fifth year you may eat its fruit, so it yields more for you. I am your Father. तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
26 "Do not eat anything with the blood in it. Do not practice fortune-telling or interpret omens. “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।
27 "Do not round off the hair at the sides of your head or damage the edges of your beard. “ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू।
28 "Don't cut your body for the dead or tattoo yourselves. I am your Father. “ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
29 "Do not desecrate your daughter by making her a prostitute, or the land will turn to prostitution and fill with depravity. “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ।
30 "You are to keep my Sabbaths and revere my sanctuary. I am your Father. “ ‘मेरा शब्बाथ दिनहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
31 "Do not turn to mediums or necromancers; do not seek to be made unclean by them. I am your Father. “ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
32 "Stand up before the gray-haired and respect the old. Fear your Father. I am your Father. “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ।
33 "When a foreigner lives among you in your land, do not mistreat them. “ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू।
34 The foreigner living among you must be to you as a native, and love them as yourself, for you were foreigners in Egypt. I am your Father. तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
35 "You are to do no wrong in judgment, in measures of length, weight, or quantity. “ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू।
36 Have honest scales, honest weights, an honest grain measure, an honest liquid measure. I am your Father, who brought you out of the land of Egypt. ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
37 "Keep all my statutes and all my rules, and do them. I am your Father." “ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्‍नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]