1Our Father spoke to Moses and Aaron, saying:ONCVयाहवेहले मोशा र हारूनलाई भन्नुभयो,
2"When someone has a swelling, rash, or bright spot on their skin that turns into a skin disease, he must be brought to Aaron the priest or one of his priest sons.ONCV“जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्यो, र छालामा कुष्ठरोगको संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्।
3The priest examines the mark on the skin. If the hair in it has turned white and it looks deeper than the skin, it is a contaminating skin disease; the priest examines him and declares him unclean.ONCVत्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्!
4But if the bright spot on his skin is white, not deeper than the skin, and its hair hasn't turned white, the priest must isolate the person seven days.ONCVत्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
5On the seventh day the priest examines him; if the mark hasn't changed or spread on the skin, he isolates him seven more days.ONCVसातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
6On the seventh day the priest examines him again. If the sore faded and didn't spread on the skin, he declares him clean—just a rash. He washes his clothes and is clean.ONCVसातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ।
7But if the rash spreads on his skin after showing himself to the priest for cleansing, he must show himself to the priest again.ONCVतर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ।
8The priest examines him: if the rash has spread on the skin, he declares him unclean—it is a skin disease.ONCVपुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्ठरोग हो।
9"When a defiling skin disease appears on someone, he is to be brought to the priest.ONCV“जब कुनै मानिसलाई कुष्ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्।
10The priest examines him: if a white swelling on the skin has turned the hair white, with raw flesh in it.ONCVपुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने,
11It is a chronic skin disease; the priest will pronounce him unclean. He must not isolate him, since he is unclean.ONCVत्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।
12"But if the disease breaks out and covers all his skin, head to foot, wherever the priest looks,ONCV“यदि त्यो कुष्ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने
13the priest examines him; if the disease covers his whole body, he pronounces him clean—since it's all turned white, he is clean.ONCVपुजारीले त्यसलाई जाँच गर्दा, कुष्ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ।
14But on the day raw flesh appears on him, he is to be unclean.ONCVतर त्यसमा आलो घाउ देखा पर्यो भने त्यो अशुद्ध हुनेछ।
15The priest sees the raw flesh and pronounces him unclean; the raw flesh is unclean—a skin disease.ONCVपुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्ठरोग हो।
16But if the raw flesh changes and turns white, he is to come to the priest.ONCVत्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
17The priest examines him; if the mark has turned white, he declares him clean—he is clean.ONCVपुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।
18"When someone has a boil on their skin and it heals,ONCV“कसैको छालामा पिलो निस्केर निको भयो,
19if a white swelling or reddish-white bright spot forms on the boil, show it to the priest.ONCVर पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्यो भने त्यो मानिस पुजारीकहाँ जाओस्।
20The priest examines it; if it looks lower than the skin and the hair has turned white, he pronounces him unclean—a skin disease has broken out in the boil.ONCVपुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो।
21But if the priest sees no white hair in it, it is not below the skin, and has faded, he is to isolate him seven days.ONCVतर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
22If it spreads further on the skin, the priest declares him unclean; it is diseased.ONCVछालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोग संक्रमण हो।
23But if the bright spot stays put, hasn't spread, it's the scar of the boil, and the priest must pronounce him clean.ONCVतर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
24"Or when skin has a fire burn, and the burn's raw flesh becomes a reddish-white or white bright spot,ONCV“कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने,
25the priest examines it: if hair in the bright spot turned white and it looks deeper than the skin, it is a skin disease broken out in the burn—he declares him unclean; it is a skin disease.ONCVपुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो।
26If the priest examines it and finds no white hair in the bright spot, and it's no deeper than the skin but faded, he is to isolate him seven days.ONCVतर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्।
27On day seven the priest examines him. If it spread on the skin, the priest pronounces him unclean—a defiling skin disease.ONCVसातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्ठरोगको संक्रमण हो।
28But if the bright spot stays in place, hasn't spread on the skin, and has faded, it's the burn's swelling; the priest is to declare him clean—it is only the burn's scar.ONCVतरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो।
29"When a man or a woman has a mark on the head or in the beard,ONCV“कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने,
30the priest examines the mark; if deeper than the skin, with thin yellow hair, he pronounces them unclean—an itch, a skin disease of the head or beard.ONCVपुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो।
31But if the priest examines the itch mark and it looks no deeper than the skin and has no black hair in it, the priest is to isolate the person for seven days.ONCVतर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्।
32On the seventh day the priest examines the mark: if the itch hasn't spread, has no yellow hair, and looks no deeper than the skin.ONCVसातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने,
33The man is to shave, but not the sore area; the priest isolates him another seven days.ONCVत्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्।
34On the seventh day the priest examines the itch. If it hasn't spread on the skin and looks no deeper than the skin, the priest declares him clean. He washes his clothes and is clean.ONCVसातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ।
35But if the itch spreads further on the skin after his cleansing,ONCVतर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने,
36the priest examines him; if the itch spread on the skin, the priest need not look for yellow hair—the man is unclean.ONCVपुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो।
37But if the priest sees it unchanged, with black hair grown in it, it's healed; he's clean—the priest pronounces him clean.ONCVतरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।
38"When a man or a woman has white bright spots on their skin,ONCV“कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा,
39the priest examines them; if the bright spots on their skin are dull white, it is a harmless rash that has broken out on the skin; he is clean.ONCVपुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो।
40"When a man loses the hair on his head, he is bald, but he is clean.ONCV“कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो।
41If hair falls from the front of his head, his forehead is bald, but he is clean.ONCVत्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो।
42But if a reddish-white sore is on his bald head or forehead, it is a skin disease breaking out on his bald head or forehead.ONCVतर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्ठरोग संक्रमण हो।
43The priest examines him; if a reddish-white swelling is on his bald head or forehead, like skin disease on the body's skin.ONCVपुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने,
44A man with a skin disease is unclean; the priest must declare him unclean, his mark on his head.ONCVत्यो मानिस कुष्ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्।
45"Anyone with the skin disease must wear torn clothes, let their hair hang loose, cover their upper lip, and cry, 'Unclean, unclean!'ONCV“यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्।
46While the mark remains, they are unclean—unclean; they must live alone, outside the camp.ONCVत्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्।
47"When a garment has a mark of mildew in it, whether a wool or a linen garment,ONCV“कुनै लुगा ढुसी परेको छ—चाहे त्यो ऊनी होस्, अथवा सुती,
48in fabric of linen or wool, woven or knitted, or in leather or anything of leather,ONCVऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज—
49if a mark on garment, leather, warp, or weft, or any leather article, is greenish or reddish, it is mildew and must be shown to the priest.ONCVयदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्।
50The priest is to examine the mark and isolate the affected article for seven days.ONCVपुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्।
51On the seventh day he examines the mark. If it has spread in the garment, warp or weft, or in leather or anything made of leather, it is destructive mildew—unclean.ONCVसातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ।
52Burn the garment—warp or weft, wool or linen—or any leather article with the mark, for it is a destructive mildew; burn it in the fire.ONCVत्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ।
53"But if the priest examines it and the sore hasn't spread in the garment, or warp, or weft, or any leather article,ONCV“तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने,
54the priest will order the marked article washed, and isolate it another seven days.ONCVउसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्।
55After the affected fabric is washed, the priest examines it. If the mark's look hasn't changed, though it hasn't spread, it is unclean. Burn it in the fire—it is a corroding spot, inside or outside.ONCVत्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू।
56If the priest sees the mark has faded after washing, he must tear it from the garment, leather, or woven or knitted material.ONCVयदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्।
57If it reappears in the garment, woven or knitted, or any leather, it's spreading; burn what has the mark in fire.ONCVतर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ।
58But if the mark leaves the garment, warp, weft, or leather item you washed, wash it again—it is clean.ONCVधोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।”
59"This is the law for a mildew mark on a wool or linen garment, warp or weft, or any leather item—to pronounce it clean or unclean."ONCVऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।