Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Lamentations 3 ONCV

Show ONCV only
Verse × ×
1 I am the man who has seen affliction under the rod of his wrath. याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ।
2 He has driven me away and made me walk in darkness without any light. उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ;
3 Surely against me he turns his hand again and again, all day long. वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।
4 He has worn away my flesh and my skin; he has broken my bones. उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
5 He has besieged me and surrounded me with bitterness and hardship. उहाँले मलाई तितोपना र कष्‍टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।
6 He has made me dwell in darkness like those long dead. उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ।
7 He has walled me in so I cannot escape; he has weighed down my chains. म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।
8 Even when I call out and cry for help, he shuts out my prayer. मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।
9 He has blocked my ways with cut stones; he has made my paths crooked. उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।
10 He is a bear lying in wait for me, a lion in hiding. आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै
11 He drove me off my path and tore me to pieces; he has made me desolate. उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।
12 He bent his bow and set me as the target for his arrow. उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।
13 He drove the arrows of his quiver into my vitals. उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो।
14 I have become the laughingstock of all my people, their mocking song all day long. म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु।
15 He has filled me with bitterness; he has sated me with bitterness. उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो।
16 He has made my teeth grind on gravel, and made me cower in the dust. उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।
17 My soul has lost all peace; I have forgotten what happiness is. मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु।
18 So I say, "My endurance has perished, and so has my hope from our Father." यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”
19 Remember my affliction and my wandering, the bitterness and the gall! म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।
20 My soul continually remembers it and is bowed down within me. म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।
21 But this I call to mind, and therefore I have hope: तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ:
22 The covenant love of our Father never ceases; his mercies never come to an end; याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
23 they are new every morning; great is your faithfulness. हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्‍वसनीयता महान् छ।
24 "Our Father is all I need," says my soul, "therefore I will hope in him." म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”
25 Our Father is good to those who wait for him, to the soul who seeks him. याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
26 It is good to wait quietly for the salvation of our Father. याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
27 It is good for a man to bear the yoke in his youth. आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ।
28 Let him sit alone in silence when it is laid on him; त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।
29 let him put his mouth in the dust—there may yet be hope; त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्।
30 let him give his cheek to the one who strikes, and be filled with insults. उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्।
31 For the Sovereign Father will not abandon forever. किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
32 Though he causes grief, he will have compassion according to the abundance of his covenant love; उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ।
33 for he does not willingly afflict or grieve people. किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न।
34 To crush underfoot all the prisoners of the earth, यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा,
35 to deny a man justice in the sight of the Most High, सर्वोच्‍च परमेश्‍वरको सामु मानिसको अधिकार खोसिँदा,
36 to deprive a man of justice in his case—the Sovereign Father does not approve. र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र?
37 Who has spoken and it came to pass, unless the Sovereign Father has commanded it? प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?
38 Is it not from the mouth of the Most High that both calamity and good come? के सर्वोच्‍चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?
39 Why should a living man complain about the punishment for his sins? जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु?
40 Let us examine and test our ways, and return to our Father! हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ।
41 Let us lift up our hearts and our hands to our Father in heaven: हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्‍वरतिर उचालौँ र भनौँ:
42 "We have sinned and rebelled, and you have not forgiven. “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन।
43 You have wrapped yourself in anger and pursued us, killing without pity; “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।
44 you have wrapped yourself with a cloud so that no prayer can pass through. तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।
45 You have made us scum and refuse among the peoples. तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।
46 All our enemies open their mouths against us; “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।
47 panic and pitfall have come upon us, devastation and destruction." हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्‍ट भोगेका छौँ।”
48 My eyes flow with streams of water over the destruction of my people. मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।
49 My eyes will flow without ceasing, without respite, मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ,
50 until our Father looks down and sees from heaven. जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न।
51 My eyes bring grief to my soul at the fate of all the daughters of my city. मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।
52 I have been hunted like a bird by those who were my enemies without cause; मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे।
53 they flung me alive into a pit and cast stones on me; तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;
54 water closed over my head; I said, "I am lost." पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।
55 I called on your name, my Father, from the depths of the pit; हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ।
56 you heard my plea: "Do not turn a deaf ear to my cry for help!" तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!”
57 You came near on the day I called on you; you said, "Do not fear!" मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा!”
58 You have taken up my cause, Sovereign Father; you have redeemed my life. हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।
59 You have seen the wrong done to me, my Father; judge my cause. हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्!
60 You have seen all their vengeance, all their plots against me. तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।
61 You have heard their taunts, my Father, all their plots against me, हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ;
62 the lips and thoughts of my assailants against me all day long. मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ।
63 Watch their every move; I am the object of their mocking song. तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्।
64 You will repay them, my Father, according to the work of their hands. हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।
65 You will give them hardness of heart; your curse will be on them. तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!
66 You will pursue them in anger and destroy them from under the heavens of our Father. हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]