Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

John 4 ONCV

Show ONCV only
Verse × ×
1 So when Jesus knew the Pharisees heard he was making and baptizing more disciples than John. यूहन्‍नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्‍तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।
2 (though Jesus himself was not baptizing, but his disciples were), हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्‍तिस्मा दिन्थे।
3 he left Judea and went back to Galilee. प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।
4 And he had to pass through Samaria. उहाँलाई सामरियाबाट भएर जानुपर्‍यो।
5 So he came to a town of Samaria called Sychar, near the field Jacob gave his son Joseph. त्यसकारण उहाँ सामरियाको सुखार भन्‍ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
6 Jacob's well was there. Jesus, tired from the trip, sat down at the well—about noon. त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
7 A woman of Samaria came to draw water. Jesus said to her, "Give me a drink." जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
8 (For his disciples had gone into the town to buy food.). (उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।)
9 The Samaritan woman said, "You're a Jew; why ask me, a Samaritan woman, for a drink?" (Jews don't associate with Samaritans.). त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10 Jesus answered her, "If you knew our Father's gift, and who asks you, 'Give me a drink,' you'd have asked him, and he'd have given you living water." येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
11 The woman said to him, "Sir, you have nothing to draw with, and the well is deep. Where then do you get this living water? त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?
12 Are you greater than our father Jacob, who gave us the well, drank from it himself, with his sons and livestock?" के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”
13 Jesus said to her, "Everyone who drinks of this water will be thirsty again, येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।
14 but whoever drinks the water I give him will never thirst again; that water will become in him a spring of water welling up to eternal life." तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।”
15 The woman said to him, "Sir, give me this water, so I won't get thirsty or come here to draw water." त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
16 Jesus said to her, "Go, call your husband, and come back here." उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”
17 The woman answered, "I have no husband." Jesus told her, "You're right to say you have no husband. त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ।
18 For you've had five husbands, and the man you have now isn't your husband. You've spoken the truth." वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”
19 The woman said to him, "Sir, I see that you are a prophet. त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।
20 Our fathers worshiped on this mountain, but you say Jerusalem is where people must worship." हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”
21 Jesus told her, "Woman, believe me: an hour is coming when you'll worship the Father neither on this mountain nor in Jerusalem. येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
22 You worship what you don't know; we worship what we know—salvation comes from the Jews. तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
23 But a time is coming, and now is, when true worshipers worship the Father in spirit and truth—for the Father seeks such worshipers. तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।
24 The Father is spirit, and those who worship him must worship in spirit and truth." परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
25 The woman said to him, "I know Messiah—the one called Christ—is coming. When he comes, he will tell us everything." त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।”
26 Jesus said to her, "I am he—the one speaking to you." तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
27 Just then his disciples returned, amazed he was talking with a woman. Yet no one said, "What do you want?" or, "Why talk with her?" त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।
28 So the woman left her water jar and went back to town and said to the people, त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
29 "Come, see a man who told me everything I ever did. Could this be the Christ?" “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?”
30 They left the town and were coming to him. तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
31 Meanwhile the disciples were urging him, "Rabbi, eat." यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।
32 But he said to them, "I have food to eat that you know nothing about." तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
33 So the disciples said to one another, "Has anyone brought him something to eat?" त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
34 Jesus said to them, "My food is doing the will of the one who sent me and finishing his work. येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।
35 Don't you say, 'Four months more, then harvest comes'? Look, I tell you: raise your eyes, see the fields—white for harvest. के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
36 Already the harvester earns wages, gathering fruit for eternal life, so that planter and harvester may rejoice together. अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।
37 For here the saying holds true: 'One plants and another harvests.' त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ।
38 I sent you to reap what you didn't work for. Others worked, and you have entered into their labor." मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
39 Many Samaritans from that town believed in him because of the woman's testimony: "He told me everything I ever did." “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्‍ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्‍वास गरे।
40 When the Samaritans came to him, they asked him to stay with them; he stayed two days. यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो।
41 And many more believed because of his word. अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्‍वास गरे।
42 They told the woman, "It is no longer because of what you said that we believe—we've heard for ourselves, and we know this man truly is the Savior of the world." तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्‍वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्‍चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”
43 After the two days he departed from there for Galilee. दुई दिनपछि उहाँ गालील जानुभयो।
44 (For Jesus himself had testified that a prophet has no honor in his own hometown.). (येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
45 When he arrived in Galilee, the Galileans welcomed him, having seen all he did in Jerusalem at the feast—they too had gone to the feast. उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।
46 He went again to Cana in Galilee, where he had turned water to wine. A royal official's son was sick at Capernaum. उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।
47 Hearing that Jesus had come from Judea to Galilee, he went to him and begged him to come down and heal his son, who was about to die. जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।
48 So Jesus said to him, "Unless you people see signs and wonders, you will never believe." येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।”
49 The royal official said to him, "Sir, come down before my child dies." “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
50 Jesus said to him, "Go; your son will live." The man believed what Jesus told him and left. “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्‍वास गरे, र फर्के।
51 As he was going down, his servants met him and told him that his boy was living. तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।
52 So he asked them the hour he improved, and they said, "Yesterday at the seventh hour, the fever left him." छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”
53 So the father knew this was the hour when Jesus told him, "Your son will live." He and his whole household believed. तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे।
54 This was now the second sign that Jesus did when he had come from Judea to Galilee. यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]