Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 5 ONCV

Show ONCV only
Verse × ×
1 This is the written record of Adam's descendants. When our Father created humankind, he made them in the likeness of God. आदमको वंशको विवरण यही हो: जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
2 He created them male and female, blessed them, and named them Humankind when they were created. उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।
3 At 130, Adam fathered a son in his likeness, after his image, and named him Seth. आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।
4 After he fathered Seth, Adam lived 800 years and had other sons and daughters. शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
5 Altogether, Adam lived 930 years, and then he died. आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
6 When Seth had lived 105 years, he fathered Enosh. शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
7 After he fathered Enosh, Seth lived 807 years and had other sons and daughters. तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।
8 Altogether, Seth lived 912 years, and then he died. शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
9 When Enosh had lived ninety years, he fathered Kenan. एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।
10 After he fathered Kenan, Enosh lived 815 years and had other sons and daughters. अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।
11 Altogether, Enosh lived 905 years, and then he died. एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
12 When Kenan had lived seventy years, he fathered Mahalalel. केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
13 After he fathered Mahalalel, Kenan lived 840 years and had other sons and daughters. अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।
14 Altogether, Kenan lived 910 years, and then he died. केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
15 When Mahalalel had lived sixty-five years, he fathered Jared. महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
16 After he fathered Jared, Mahalalel lived 830 years and had other sons and daughters. अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
17 Altogether, Mahalalel lived 895 years, and then he died. महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
18 When Jared had lived 162 years, he fathered Enoch. येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।
19 After he fathered Enoch, Jared lived 800 years and had other sons and daughters. अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
20 Altogether, Jared lived 962 years, and then he died. येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
21 When Enoch had lived sixty-five years, he fathered Methuselah. हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।
22 After fathering Methuselah, Enoch walked with our Father 300 years, and had other sons and daughters. अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
23 Altogether, Enoch lived 365 years. हनोक जम्मा 365 वर्षसम्म बाँचे।
24 Enoch walked faithfully with our Father; then he was gone, because our Father took him. हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
25 When Methuselah had lived 187 years, he fathered Lamech. मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
26 After he fathered Lamech, Methuselah lived 782 years and had other sons and daughters. अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
27 Altogether, Methuselah lived 969 years, and then he died. मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28 When Lamech had lived 182 years, he fathered a son. लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
29 He named him Noah, saying, "He will comfort us in our work and painful toil of our hands, from the ground our Father cursed." अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”
30 After he fathered Noah, Lamech lived 595 years and had other sons and daughters. नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
31 Altogether, Lamech lived 777 years, and then he died. लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
32 When Noah was 500 years old, he fathered Shem, Ham, and Japheth. नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]