Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 36 ONCV

Show ONCV only
Verse × ×
1 This is the family record of Esau (that is, Edom). एसावको (अर्थात् एदोमको) विवरण यही हो।
2 Esau took his wives from the daughters of Canaan: Adah daughter of Elon the Hittite, and Oholibamah daughter of Anah, daughter of Zibeon the Hivite, एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा,
3 and Basemath the daughter of Ishmael, the sister of Nebaioth. र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए।
4 Adah gave birth to Eliphaz for Esau, and Basemath gave birth to Reuel, एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल,
5 Oholibamah bore Jeush, Jalam, and Korah—Esau's sons, born to him in the land of Canaan. अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए।
6 Esau took his wives, sons, daughters, all his household, his livestock, all his animals, and all the property he had gained in Canaan, and moved to a land away from his brother Jacob. एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्‍त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए।
7 Their possessions were too great to live together; the land where they stayed couldn't support them both because of their livestock. तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन।
8 So Esau settled in the hill country of Seir. (Esau is Edom.). यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।
9 These are the records of Esau, father of the Edomites, in the hill country of Seir. सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो।
10 These are the names of Esau's sons: Eliphaz son of Adah, Esau's wife; Reuel son of Basemath, Esau's wife. एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल।
11 The sons of Eliphaz were Teman, Omar, Zepho, Gatam, and Kenaz. एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज।
12 Timna, concubine of Esau's son Eliphaz, bore him Amalek. These were sons of Esau's wife Adah. एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए।
13 These are Reuel's sons: Nahath, Zerah, Shammah, Mizzah. These are the sons of Esau's wife Basemath. रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
14 These are the sons of Esau's wife Oholibamah, daughter of Anah, daughter of Zibeon: she bore Jeush, Jalam, and Korah to Esau. अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्: येऊश, यालाम र कोरह।
15 These are the chiefs of Esau's sons. The sons of Eliphaz, Esau's firstborn: chief Teman, chief Omar, chief Zepho, chief Kenaz. एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज,
16 Chief Korah, chief Gatam, chief Amalek—these are Eliphaz's chiefs in the land of Edom; these were Adah's sons. कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए।
17 These are the sons of Reuel, Esau's son: chief Nahath, chief Zerah, chief Shammah, chief Mizzah. These are Reuel's chiefs in the land of Edom. These are the sons of Basemath, Esau's wife. एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए।
18 Sons of Esau's wife Oholibamah: chief Jeush, chief Jalam, chief Korah. These are the chiefs of Esau's wife Oholibamah, daughter of Anah. एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए।
19 These are the sons of Esau (that is, Edom), and these are their chiefs. यिनीहरू एसावका (अर्थात् एदोमका) छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए।
20 These are the sons of Seir the Horite, who lived in the land: Lotan, Shobal, Zibeon, Anah, त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना,
21 Dishon, Ezer, and Dishan—chiefs of the Horites, sons of Seir, in Edom's land. दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए।
22 The sons of Lotan were Hori and Hemam, and Lotan's sister was Timna. लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
23 These are the sons of Shobal: Alvan, Manahath, Ebal, Shepho, and Onam. शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम।
24 These are Zibeon's sons: Aiah and Anah. This is the Anah who found hot springs in the wilderness while tending his father Zibeon's donkeys. सिबोनका छोराहरू: अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल पत्ता लाएका थिए।)
25 These are the children of Anah: Dishon, and Oholibamah the daughter of Anah. अनाका सन्तानहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
26 These are the sons of Dishon: Hemdan, Eshban, Ithran, and Cheran. दीशानका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
27 These are the sons of Ezer: Bilhan, Zaavan, and Akan. एसेरका छोराहरू: बिल्हान, जावान र अकान।
28 These are the sons of Dishan: Uz and Aran. दीशानका छोराहरू: ऊज र अरान।
29 These are the chiefs of the Horites: chief Lotan, chief Shobal, chief Zibeon, chief Anah, यिनीहरू होरी जातिका मुखियाहरू थिए: लोतान, शोबाल, सिबोन, अना,
30 chief Dishon, chief Ezer, chief Dishan—chiefs of the Horites, clan by clan, in the land of Seir. दीशोन, एसेर र दीशान। यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए।
31 These are the kings who ruled in the land of Edom before any king ruled over the Israelites: कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए:
32 Bela the son of Beor reigned in Edom, and the name of his city was Dinhabah. बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो।
33 When Bela died, Jobab the son of Zerah from Bozrah reigned in his place. बेलाको मृत्युपछि, बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
34 When Jobab died, Husham from the land of the Temanites reigned in his place. योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
35 Husham died; Hadad son of Bedad, who defeated Midian in the territory of Moab, reigned in his place. His city was named Avith. हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
36 When Hadad died, Samlah from Masrekah reigned in his place. हददको मृत्युपछि, मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
37 When Samlah died, Shaul from Rehoboth on the Euphrates reigned in his place. शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
38 When Shaul died, Baal-hanan the son of Achbor reigned in his place. शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
39 When Baal-hanan son of Achbor died, Hadar reigned in his place; his city's name was Pau, and his wife's name was Mehetabel, daughter of Matred, daughter of Mezahab. अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
40 These are Esau's chiefs, by clan, by place, by name: chief Timna, chief Alvah, chief Jetheth. तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत,
41 Chief Oholibamah, chief Elah, chief Pinon, ओहोलीबामा, एलाह, पीनोन,
42 chief Kenaz, chief Teman, chief Mibzar, कनज, तेमान, मिब्सार,
43 chief Magdiel, and chief Iram. These are Edom's chiefs, by their settlements in the land they held. Esau was father of the Edomites. मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए। एदोमीहरूका पुर्खा, एसावको वंशावली यही हो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]