Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 32 ONCV

Show ONCV only
Verse × ×
1 Jacob went on his way, and the angels of our Father met him. याकोब पनि आफ्नो बाटो लागे; अनि परमेश्‍वरका दूतहरूले तिनलाई भेटे।
2 Jacob saw them and said, "This is our Father's camp!" He named that place Mahanaim. जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्‍वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे।
3 Jacob sent messengers ahead of him to Esau his brother in the land of Seir, the territory of Edom. याकोबले आफूभन्दा अगाडि एदोम देशको सेइर भन्‍ने ठाउँमा तिनका दाजु एसावकहाँ दूतहरू पठाए।
4 He ordered them, "Tell my lord Esau: your servant Jacob says, I've lived with Laban and stayed until now. तिनले तिनीहरूलाई आदेश दिए: “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नू: ‘तपाईंको सेवक याकोब भन्छन्, म लाबानसित बस्दैथिएँ र अहिलेसम्म त्यहीँ नै बसेँ।
5 I own oxen, donkeys, flocks, and servants—male and female. I've sent to inform my lord, to find favor in your eyes." मसित गाईबस्तु, गधाहरू, भेडा र बाख्राहरू र सेवक-सेविकाहरू छन्। म मेरा मालिककहाँ मैले उहाँको दृष्‍टिमा कृपा पाऊँ भनी यो समाचार पठाउँदैछु।’ ”
6 The messengers returned to Jacob: "We went to your brother Esau—he's coming to meet you, 400 men with him." जब ती दूतहरू याकोबकहाँ फर्के, तब तिनीहरूले भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ, र अहिले उहाँ तपाईंलाई भेट्न यतैतिर आइरहनुभएको छ, र उहाँको साथमा चार सय मानिसहरू छन्।”
7 Jacob was very afraid and distressed. He split the people with him, and the flocks, herds, and camels, into two camps, यो खबर सुनेर याकोब अत्यन्तै डराएर आत्तिए; यसकारण याकोबले आफूसित भएका मानिसहरू, साथै बथानहरू, बगालहरू र ऊँटहरूलाई दुई दलमा विभाजन गरे।
8 thinking, "If Esau reaches one camp and attacks it, the remaining camp will escape." तिनले सोचे, “यदि एसावले आएर एउटा दललाई आक्रमण गरे भने तापनि बाँकी रहेको अर्को दलचाहिँ भाग्न सक्नेछ।”
9 Then Jacob said, "God of my father Abraham and God of my father Isaac, my Father, who said to me, 'Return to your land and family, so I may treat you well,' त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्‍नति गराउनेछु’ भन्‍नुभयो;
10 I am too small for the least of all the covenant love and faithfulness you have shown your servant, for I crossed this Jordan with only my staff, and now I have become two camps. तपाईंले आफ्नो सेवकप्रति देखाउनुभएको कृपा र विश्‍वासयोग्यताको योग्यको म छैनँ। मैले यस यर्दन नदीलाई पार गर्दा मसित लहुरोबाहेक केही थिएन; तर अब मसित दुई वटा दल भएका छन्।
11 Rescue me, please, from my brother's hand, from Esau's hand—I fear him: he may come and strike me down, mothers with children. म बिन्ती गर्छु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्; किनकि तिनी आएर यी आमाहरूलाई र तिनीहरूका छोराछोरीलाई आक्रमण गर्लान् भन्‍ने मलाई डर लागेको छ।
12 But you said, 'I will surely be good to you and make your descendants like the sand of the sea, too many to count.'" तर तपाईंले भन्‍नुभएको छ, ‘निश्‍चय नै म तेरो उन्‍नति गर्नेछु र तेरा सन्ततिलाई समुद्रको बालुवाझैँ बनाउनेछु, जो गन्‍न सकिनेछैन।’ ”
13 He stayed there that night, then took a gift for his brother Esau from what he had: तिनले त्यो रात त्यहीँ बिताए; त्यसपछि आफूसित भएका थोकबाट तिनले आफ्ना दाजु एसावका निम्ति उपहार छुट्याए:
14 200 female goats and twenty male goats, 200 ewes and twenty rams, अर्थात् दुई सय बाख्री, बीस वटा बोका, दुई सय भेडी र बीस वटा भेडा,
15 thirty nursing camels with their young, forty cows, ten bulls, twenty female donkeys, ten male donkeys. तीस वटा दुहुना ऊँट साथमा तिनीहरूका बच्‍चा, चालीस वटा गाई, दश वटा बाछा, बीस वटा गधैनी र दश वटा गधा।
16 He gave them to his servants, drove by drove, separately, and told his servants, "Pass ahead of me, and leave space between drove and drove." तिनले ती आ-आफ्नै बथानको हिसाबले आफ्ना सेवकहरूका जिम्मामा सुम्पिदिए, र आफ्ना सेवकहरूलाई भने, “मेरो अगि-अगि जाओ, र ती बथानहरूको बीचमा केही दूरी राख।”
17 He ordered the first, "When Esau my brother meets you and asks you, 'Whose are you? Where are you going? Whose are these ahead of you?' तिनले पहिलो बथान लिएर जानेलाई निर्देशन दिँदै भने: “जब मेरा दाजु एसावले तिमीलाई भेटेर ‘तँ कसको मानिस होस्? अनि कहाँ जाँदैछस्? र तेरो अगि-अगि लागेका यी पशुहरूका मालिक को हुन्?’ भनी सोधे भने,
18 then say, 'They're your servant Jacob's, a gift sent to my lord Esau. Look, he himself is behind us.'" तैँले यसो भन्‍नू, ‘यी तपाईंका सेवक याकोबका हुन्। यी मेरा मालिक एसावलाई पठाइएका उपहार हुन्; अनि उहाँ हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ।’ ”
19 He also commanded the second, the third, and all who followed the herds, "Say the same to Esau when you find him, अनि बथानहरूका पछि-पछि लागेका दोस्रो, तेस्रो र अरू सबैलाई पनि तिनले निर्देशन दिँदै भने: “एसावलाई भेटेपछि तिमीहरूले पनि त्यसरी नै भन्‍नू।
20 and you will say, 'Also, your servant Jacob is behind us.'" For he thought, "I will appease him with the gift ahead of me, then see his face; perhaps he'll accept me." अनि ‘तपाईंका सेवक याकोब हाम्रो पछि-पछि आउँदैहुनुहुन्छ भनेर अवश्य भन्‍नू।’ ” किनकि तिनले सोचेका थिए, “म यी उपहारहरू अगि-अगि पठाएर तिनलाई शान्त तुल्याउनेछु; अनि मैले पछिबाट तिनलाई भेट्दा सायद तिनले मलाई ग्रहण गर्लान्।”
21 So the gift passed on ahead of him, and he himself stayed that night in the camp. यसरी याकोबले तिनका उपहारहरू अगि-अगि पठाए, तर तिनी आफैँचाहिँ त्यहीँ छाउनीमै रात बिताए।
22 That night he got up, took his two wives, two female servants, and eleven sons, and crossed the Jabbok ford. त्यस रात याकोब उठे, र आफ्ना दुई पत्नी, दुई सेविका अनि एघार छोरालाई लिएर यब्बोक नदी तरे।
23 He took them and sent them across the stream, and likewise sent across everything he had. याकोबले तिनीहरूलाई नदीपारि पठाए, त्यसपछि तिनले आफूसित भएका अरू सबै कुराहरू पनि पठाइदिए।
24 And Jacob was left alone. And a man wrestled with him until the breaking of the day. यसरी याकोब एकलै छोडिए; अनि एक जना मानिसले तिनीसित बिहान उज्यालो नभएसम्म कुश्ती लडिरहे।
25 Seeing he could not defeat Jacob, the man touched his hip socket, and Jacob's hip was wrenched as they wrestled. जब आफूले याकोबलाई जित्न नसकेको ती मानिसले थाहा पाए, तब तिनले याकोबको कम्मरको जोर्नी छोए; अनि त्यस मानिससित कुश्ती खेल्दा-खेल्दै याकोबको कम्मरको जोर्नी खुस्क्यो।
26 He said, "Let me go; dawn is breaking." But Jacob said, "I won't let you go unless you bless me." तब ती मानिसले भने, “उज्यालो हुन लागेको छ, अब मलाई जान देऊ।” तर याकोबले जवाफ दिए, “अहँ हुँदैन, मलाई आशिष् नदिएसम्म म तपाईंलाई जान दिनेछैनँ।”
27 And he said to him, "What is your name?" And he said, "Jacob." तब ती मानिसले तिनलाई सोधे, “तिम्रो नाम के हो?” तिनले जवाफ दिए, “याकोब।”
28 He said, "You will no longer be named Jacob, but Israel, for you have struggled with our Father and with men, and won." तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्‍वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।”
29 Jacob asked him, "Please tell me your name." He said, "Why do you ask my name?" And he blessed him there. तब याकोबले बिन्ती गरे, “दया गरी मलाई तपाईंको नाम के हो, बताउनुहोस्।” तर तिनले जवाफ दिए, “तिमी किन मेरो नाम सोध्छौ?” तब ती मानिसले त्यहीँ नै याकोबलाई आशिष् दिए।
30 So Jacob named the place Peniel: "For I have seen our Father face to face, yet my life was saved." यसकारण याकोबले त्यस ठाउँलाई यसो भनेर पनीएल नाम राखे, “किनकि मैले परमेश्‍वरलाई आमने-सामने देखेको छु, र पनि मेरो ज्यान बाँच्यो।”
31 The sun rose upon him as he passed Penuel, limping because of his hip. तिनी पनीएलबाट जाँदा सूर्योदय भइसकेको थियो, र आफ्नो कम्मरको जोर्नी खुस्किएको कारण तिनी खोच्याउँदै हिँड्न थाले।
32 This is why, even now, the Israelites won't eat the thigh muscle on the hip socket—because he struck Jacob's hip socket there, at the thigh muscle. यसकारण तिनको कम्मरको जोर्नीको मूलनसा छोइएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरमा टाँसिएको नसा खाँदैनन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]