Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Genesis 17 ONCV

Show ONCV only
Verse × ×
1 When Abram was ninety-nine years old, our Father appeared to him and said, "I am El Shaddai—your Father Almighty. Walk before me and be blameless. अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ; विश्‍वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।
2 And I will make my covenant between me and you, and I will multiply you exceedingly." अनि म मेरो करार तेरो र मेरो बीचमा बाँध्नेछु, र तेरा सन्तानहरूलाई अत्यन्तै बढाउनेछु।”
3 Then Abram fell on his face, and our Father spoke with him, saying: त्यसपछि अब्राम घोप्टो परे; तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो,
4 "As for me, my covenant is with you, and you will become father of a multitude of nations. “हेर्, मेरो करार तँसित यही हुनेछ, तँ धेरै जातिहरूका पिता हुनेछस्।
5 Your name will no longer be Abram, but Abraham, for I have made you father of a multitude of nations. अब उसो तँलाई अब्राम भनिनेछैन; तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।
6 I will make you extremely fruitful; I will turn you into many nations, and kings will come from you. म तँलाई धेरै फलवन्त बनाउनेछु; अनि तँबाट नै जाति-जातिहरू बनाउनेछु, र तँबाट राजाहरू निस्कनेछन्।
7 I will establish my covenant between me and you and your descendants after you, for all generations—an everlasting covenant—to be Father to you and your descendants after you. म मेरो करारलाई तेरो र मेरो, र तँपछिका तेरा सन्तानहरूको बीचमा आउने पुस्ताका निम्ति अनन्तको करारको रूपमा स्थापित गर्नेछु। अनि म तँ र तँपछि आउने तेरो सन्तानका परमेश्‍वर हुनेछु।
8 I will give you and your descendants after you the land where you live as a foreigner—all the land of Canaan—as an eternal possession; and I will be their Father." तँ र तेरा पछिका सन्तानहरूलाई अहिले तँ प्रवासी भएर बसेको सम्पूर्ण कनान देश, अनन्तको सम्पत्तिको रूपमा दिनेछु; र म तिनीहरूका परमेश्‍वर हुनेछु।”
9 Then our Father said to Abraham, "As for you: keep my covenant, you and your children after you, throughout their generations. तब परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरो विषयमा चाहिँ, तँ र तँपछिका तेरा सन्तानहरूले आउने पुस्तौँ-पुस्तासम्म मेरो करार पालन गर्नुपर्छ।
10 This is my covenant to keep, between me and you and your descendants after you: every male among you must be circumcised. मेरो र तेरो, साथै तँपछिका तेरा सन्तानहरूसित मेरो करार यही हो, अर्थात् तिमीहरूले पालन गर्नुपर्ने करार: तिमीहरूका प्रत्येक पुरुषको खतना हुनुपर्छ।
11 Circumcise the flesh of your foreskin; it will be the sign of the covenant between me and you. तिमीहरूका खलडीको खतना हुनुपर्छ, र योचाहिँ तँसित बाँधिएको मेरो करारको चिन्ह हुनेछ।
12 Every male among you, generation after generation, must be circumcised at eight days old—whether born in your house or bought with silver from a foreigner not your own offspring. अनि आउने पुस्तौँ-पुस्तासम्म तिमीहरूको बीचमा आठ दिन भएको प्रत्येक पुरुषको खतना हुनैपर्छ। तेरा घरानामा जन्मेका अथवा विदेशीहरूबाट रुपियाँपैसा दिएर किनिएका—जो तेरा आफ्नै सन्तान होइनन्,
13 Everyone born in your house or bought with your money must be circumcised. My covenant will be in your flesh, an everlasting covenant. चाहे तेरा घरानामा जन्मेका होऊन्, अथवा तेरा रुपियाँपैसाले किनेका होऊन्, तिनीहरू सबैको खतना हुनैपर्छ। तेरो शरीरमा गरिएको मेरो करार अनन्तको करार हुनेछ।
14 Any uncircumcised male not circumcised in his foreskin's flesh will be cut off from his people—he has broken my covenant." खतना नगरिएको कुनै पनि पुरुष, जसको शरीरमा खलडीको खतना भएको छैन, त्यो व्यक्ति आफ्ना जातिहरूबाट बहिष्कृत गरिनेछ; किनकि त्यसले मेरो करार भङ्ग गरेको छ।”
15 Then our Father said to Abraham, "Don't call your wife Sarai anymore—her name is Sarah. परमेश्‍वरले अब्राहामलाई यो पनि भन्‍नुभयो, “तेरी पत्नी साराईको विषयमा चाहिँ, तैँले त्यसलाई अब उसो साराई भनेर नबोलाउनू; तर त्यसको नाम सारा हुनेछ।
16 I will bless her and indeed give you a son by her. I will bless her—she will become nations; kings of peoples will come from her." म त्यसलाई आशिष् दिनेछु, र म निश्‍चय तँलाई त्यसबाट एउटा छोरा दिनेछु। म त्यसलाई आशिष् दिनेछु, र त्यो धेरै जातिकी आमा हुनेछे; त्यसबाट जाति-जातिका राजाहरू उत्पन्‍न हुनेछन्।”
17 Abraham fell on his face, laughing, and said to himself, "Can a son be born to a man who is one hundred years old? Can ninety-year-old Sarah give birth?" तब अब्राहाम भुइँमा घोप्टो परे; अनि हाँसेर मनमनै भने, “के एक सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? के नब्बे वर्ष पुगेकी साराले पनि बच्‍चा जन्माउलिन् र?”
18 Then Abraham said to our Father, "If only Ishmael might live in your presence!" अनि अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल तपाईंको आशिष्‌मुनि बाँच्छ भने पनि असल हुनेछ।”
19 But our Father said, "No, your wife Sarah will bear you a son, and you will name him Isaac. I will confirm my covenant with him, an everlasting covenant for his descendants after him. तब परमेश्‍वरले भन्‍नुभयो, “तेरी पत्नी साराले तेरो निम्ति एउटा छोरा जन्माउनेछे; र तैँले त्यसको नाम इसहाक राख्नू। म त्यससित र त्यसपछिका सन्तानका निम्ति मेरो करार अनन्तको करारको रूपमा स्थापित गर्नेछु।
20 As for Ishmael, I have heard you. I will bless him, make him fruitful, and multiply him exceedingly. He will father twelve leaders, and I will make him into a great nation. अनि इश्माएलको विषयमा चाहिँ मैले तेरो कुरा सुनेको छु; हेर्, म निश्‍चय नै त्यसलाई आशिष् दिनेछु; म त्यसलाई फलवन्त बनाउनेछु; अनि त्यसलाई संख्यामा असाध्यै बढाउनेछु। त्यो बाह्र शासकहरूका पिता हुनेछ, र म त्यसलाई एउटा महान् जाति बनाउनेछु।
21 But I will confirm my covenant with Isaac, whom Sarah will bear you at this time next year." तर मेरो करारचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तेरो निम्ति जन्माउनेछे।”
22 When he had finished speaking with Abraham, our Father went up from him. परमेश्‍वर अब्राहामसित कुरा गरिसक्नुभएपछि तिनीबाट गइहाल्नुभयो।
23 Then Abraham took Ishmael his son, everyone born in his household, and everyone bought with his money—every male in Abraham's household—and circumcised the flesh of their foreskins that very day, as our Father had told him. त्यही दिन नै परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो रुपियाँपैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे।
24 Abraham was ninety-nine years old when he was circumcised in the flesh of his foreskin. अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए।
25 His son Ishmael was thirteen when he was circumcised in the flesh of his foreskin. अनि तिनको छोरा इश्माएलको खलडीको खतना हुँदा त्यो तेह्र वर्षको थियो।
26 On that very day Abraham and Ishmael his son were circumcised. अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो।
27 All the men of his household—house-born and bought with silver from a foreigner—were circumcised with him. अनि अब्राहामसँगै तिनका घरानाका, तिनका घरानामा जन्मेका, अथवा बिदेशीबाट किनिएका प्रत्येक पुरुषको खतना भयो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]