Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Daniel 8 ONCV

Show ONCV only
Verse × ×
1 In King Belshazzar's third year, a vision appeared to me, Daniel, after the earlier one. राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्‍यो।
2 In the vision I was in the citadel of Susa, in Elam province; and in the vision I was beside the Ulai Canal. मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्‍लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ।
3 I looked up: a ram stood before the canal, two tall horns—one taller than the other, the taller coming up last. जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो।
4 I watched the ram charging west, north, and south. No animal could stand against him, none could rescue from his power. He did as he pleased and grew great. मैले त्यस साँढभेडालाई पश्‍चिमतिर, उत्तरतिर र दक्षिणतिर सिङले हानिरहेको देखेँ। त्यसको विरुद्धमा कुनै पनि जनावर खडा रहन सकेन; अनि कसैले पनि त्यसको शक्तिबाट बचाउन सकेन। त्यसले आफूलाई इच्छा लागेअनुसार गर्‍यो, र त्यो महान् भयो।
5 As I was considering this, suddenly a male goat came from the west across the whole earth without touching the ground; it had a prominent horn between its eyes. जब मैले यस दर्शनको बारेमा विचार गरिरहेको थिएँ, तब अचानक एउटा बोका पश्‍चिमबाट आयो; त्यस बोकाको आँखाहरूको बीचमा एउटा विशेष सिङ थियो, र त्यो भुइँलाई नछोइकन पूरा पृथ्वी पार गर्दै आयो।
6 He came to the two-horned ram I saw standing by the canal and ran at it in raging power. मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो।
7 I saw him reach the ram, enraged, striking and shattering its two horns. The ram had no strength to stand against him; the goat threw it down and trampled it, and no one could rescue the ram from his power. अनि त्यो रिसले चुर भयो, र त्यस साँढभेडालाई आक्रमण गरेर त्यसका दुई वटा सिङहरू भाँचिदिएको मैले देखेँ। त्यस बोकाको विरुद्धमा त्यो साँढभेडा सामु उभिने शक्ति रहेन; त्यो बोकाले त्यस साँढभेडालाई भुइँमा पछार्‍यो, र त्यसलाई कुल्चीमिल्ची पार्‍यो; अनि त्यस साँढभेडालाई त्यो बोकाको शक्तिबाट कसैले पनि बचाउन सकेन।
8 The goat grew very great, but at its full strength the great horn broke, and four prominent horns grew up in its place toward the four winds of heaven. त्यो बोका अत्यन्तै शक्तिशाली बन्यो, तर त्यसको शक्तिको चरमबिन्दुमा त्यसको ठूलो सिङ भाँचियो; अनि त्यो भाँचिएको सिङको सट्टामा आकाशका चारै दिशाका बतासतर्फ फर्केका चार विशेष सिङहरू उम्रेर आए।
9 From one of them a little horn came out, growing very great toward the south, east, and the glorious land. ती चार सिङहरूमध्ये एउटाबाट अर्को सिङ निस्क्यो, जुन सिङ सुरुमा सानो थियो, तर त्यो शक्तिशाली हुँदै दक्षिण, पूर्व र सुन्दर देशतिर बढेर गयो।
10 It grew great, up to the host of heaven, casting down to earth some of the host and of the stars, and trampled them. त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो।
11 It made itself great against the Prince of the host; the Prince's regular offering was removed and his sanctuary's place thrown down. त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो।
12 Because of wrongdoing, the army was handed over to it with the daily offering; it threw truth to the ground and acted and thrived. विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्‍नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो।
13 Then I heard a holy one speaking, and another holy one asked the speaker, "How long is the vision—the regular offering, the wrongdoing that brings desolation, sanctuary and host handed over to trampling?" त्यसपछि मैले एक जना पवित्र जन बोलिरहेका सुनेँ; अनि अर्को एक जना पवित्र जनले उनलाई यसो भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला—दैनिक बलिदान, उजाड पार्ने विद्रोह, पवित्रस्थान र याहवेहका मानिसहरूलाई खुट्टाले कुल्चीमिल्ची पार्ने सम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?”
14 He told me, "For 2,300 evenings and mornings; then the sanctuary will be restored to its rightful state." उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।”
15 As I, Daniel, watched the vision seeking to understand, one like a man stood before me. जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए।
16 I heard a human voice from the Ulai calling, "Gabriel, make this man understand the vision." अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।”
17 He came near where I stood, and as he drew close I was terrified and fell facedown. He said to me, "Understand, son of man: the vision is for the time of the end." त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।”
18 As he spoke, I fell into a deep sleep, face to the ground; but he touched me and set me on my feet. जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए।
19 He said, "Listen, I will tell you what will happen in the later time of the wrath, for it concerns the appointed time of the end. तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो।
20 The ram you saw with the two horns is the kings of Media and Persia. तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ।
21 The shaggy goat is Greece's king; the great horn between his eyes is the first king. त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो।
22 The broken horn, four rising in its place: four kingdoms rise from his nation, but without his power. त्यो भाँचिएको सिङको ठाउँमा अरू उम्रिएका चार वटा सिङहरूले उसको राज्यबाट आउने चार वटा राज्यहरूको प्रतिनिधित्व गर्छ, तर तिनीहरूसित त्यो भाँचिएको सिङको जस्तो शक्ति हुनेछैन।
23 At the end of their reign, when sinners reach full measure, a fierce-faced king skilled in intrigue will arise. “तिनीहरूको शासनकालको पछिल्‍ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्‍ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ।
24 His power will be great—but not his own—and he will cause terrible destruction, prosper, and act. He will destroy the mighty and the people of the holy ones. त्यो अति शक्तिशाली हुनेछ, तर आफ्नै सामर्थ्यद्वारा त होइन। त्यसले डरलाग्दो विध्वंस ल्याउनेछ, र आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ। त्यसले पराक्रमी मानिसहरू र पवित्र मानिसहरूलाई नाश गर्नेछ।
25 By cunning he makes deceit thrive under his hand, and in his heart he lifts himself up. Without warning he destroys many, and rises against the Prince of princes—yet he will be broken, by no human hand. त्यसले छललाई उन्‍नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्‍च ठान्‍नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्‍ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन।
26 The vision of the evenings and mornings told to you is true, but seal it up, for it concerns days far off." “तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्‍तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”
27 I, Daniel, was overcome and sick for days. Then I got up and did the king's business, but the vision left me appalled, beyond understanding. म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]