Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Daniel 11 ONCV

Show ONCV only
Verse × ×
1 And I, in the first year of Darius the Mede, stood up to support and strengthen him. अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।)
2 Now I'll tell you the truth: look, three more kings will rise in Persia, then a fourth far richer than all. Strengthened by his wealth, he will stir up everyone against Greece's kingdom. “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्‍त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्‍याउनेछन्।
3 Then a mighty king will arise, who will rule with great dominion and do as he pleases. त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।
4 Once he rises, his kingdom will break apart and split toward the four winds of heaven—not to his descendants, nor with the power he held, for his kingdom will be uprooted and given to others besides them. तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।
5 The king of the south will grow strong; one of his commanders will grow stronger than him and rule—his dominion will be vast. “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।
6 After some years they will ally: the daughter of the king of the south will come to the king of the north to make an agreement. But she won't keep her strength, nor will he or his arm stand. She will be handed over—with her escort, her father, and her supporter—in those times. केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्‍नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ।
7 A shoot from her roots will rise in his place, attack the army, enter the north king's fortress, act against them, and prevail. “तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्‍लाभित्र पस्‍नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्।
8 He will take their gods captive to Egypt, with their metal images and precious silver and gold vessels; for years he will stay away from the king of the north. तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।
9 The king of the north will invade the king of the south's realm, then return home. त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्।
10 His sons will arm for war, gather a vast army that keeps coming, overflows, sweeps through, then renews war to his stronghold. उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्।
11 The southern king, enraged, will march out to fight the northern king, who musters a vast army; but the army is given into the southern king's hand. “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ।
12 When the crowd is carried off, his heart grows proud; he strikes down tens of thousands, yet fails. जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्।
13 The king of the north will again raise a horde bigger than before, then after years come with a great army and vast supplies. किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्।
14 In those times many will rise against the king of the south; violent men of your people will lift themselves up to fulfill the vision, but fail. “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्।
15 The king of the north will come, raise a siege ramp, and take a fortified city; the south's forces will not stand, nor its elite troops—no strength remains to stand. तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन।
16 His invader does as he pleases; none can stand before him. He will stand in the splendid land, destruction in his hand. आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्‍ट गर्ने शक्ति उनीसँग हुनेछ।
17 He will set out to enter with his kingdom's full strength, and make terms with him; he will give him a daughter of women to ruin it, but it will not stand or benefit him. सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्‍ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
18 Then he'll turn to the coastlands and take many, but a commander will end his arrogance, turning it back on him. तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्।
19 Then he will turn his face toward the fortresses of his own land, stumble, fall, and be found no more. त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्‍लातिर फर्कनेछन्; तर उनी ठक्‍कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्।
20 In his place will rise one who sends a tax collector for the glory of the kingdom; within a few days he'll be broken—not in anger, not in battle. “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।
21 A despised man will rise in his place, denied royal honor. He'll come in a time of ease and seize the kingdom through flattery. “अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्।
22 Armies will be swept away before him and broken, and the prince of the covenant as well. त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्।
23 Once allied with him, he will act dishonestly and grow strong with only a few people. तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्।
24 In a time of security, he will enter the province's richest regions and do what neither his fathers nor their fathers did—scattering plunder, spoil, and goods among them, devising schemes against fortresses, but only for a time. जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्‍लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
25 He will rouse his strength and courage against the king of the south with a great army. The king of the south will fight with a very great, mighty army—but won't stand, for plots will be devised against him. “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्।
26 Those who eat his food will break him; his army is swept away, and many fall slain. इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्।
27 Both kings' hearts bent on evil will speak lies at one table, but it will fail—the end awaits its appointed time. अनि यी दुवै राजाहरूका हृदय दुष्‍टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्‍नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्‍कै आउनेछ।
28 He returns to his land with great wealth, heart against the holy covenant; he acts, then returns to his land. उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्।
29 At the appointed time he will return and head south, but this time won't match the earlier or the latter. “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ।
30 For ships of Kittim will come against him; he loses heart, turns back, rages against the holy covenant, and acts. He returns and favors those who abandon the holy covenant. पश्‍चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्।
31 His forces will rise, defile the sanctuary fortress, end the daily sacrifice, and set up the abomination that causes desolation. “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
32 He will corrupt those who violate the covenant with flattery, but people who know their Father will stand firm and act. तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।
33 The wise among the people will teach many, but will fall for a time by sword, flame, captivity, and plunder. “मानिसहरूको बीचमा रहेका बुद्धिमान्‌हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्।
34 When they fall, they will receive a little help, and many will join them with flattery. जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्।
35 Some of the wise will stumble, to be refined, purified, and cleansed until the end time, for it still awaits the set time. बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।
36 The king will do as he pleases, lifting and enlarging himself above every god, speaking shocking things against our Father. He will flourish until the wrath is spent, since what is decreed will happen. “राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्‍च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्‍वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्‍नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ।
37 He will disregard his fathers' gods, women's desired one, and every god—he will set himself above them all. तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्‍नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्‍च तुल्याउनेछन्।
38 Instead he'll honor a god of fortresses, unknown to his fathers, with gold, silver, precious stones, and costly gifts. तिनीहरूका सट्टामा तिनले किल्‍ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्।
39 With a foreign god he attacks the strongest fortresses. He greatly honors those who acknowledge him, gives them rule over many, and divides land for a price. तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्‍ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्।
40 At the end time, the king of the south will engage him, and the king of the north will storm against him with chariots, horsemen, and many ships. He will invade the lands, overflow, and pass through. “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्।
41 He enters the beautiful land; many fall, but Edom, Moab, and Ammon's chief sons escape his hand. तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्।
42 He will stretch out his hand against the lands, and the land of Egypt will not escape. तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन।
43 He will rule gold and silver treasures, and all Egypt's riches, with Libyans and Cushites at his heels. तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्।
44 But news from the east and north will terrify him, and he'll set out in great rage to destroy and annihilate many. तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्‍ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।
45 He will pitch his palace tents between the seas and the beautiful holy mountain, then come to his end with no helper. तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]