Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Samuel 2 ONCV

Show ONCV only
Verse × ×
1 Later, David inquired of our Father, "Should I go up to one of the cities of Judah?" Our Father said, "Go up." David said, "Where?" "Hebron," he said. समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” याहवेहले भन्‍नुभयो, “माथि उक्लिजा।” दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।”
2 David went up there with his two wives, Ahinoam of Jezreel and Abigail, Nabal the Carmelite's widow. यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।
3 David brought up his men who were with him, each with his household, and they settled in Hebron's towns. दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे।
4 Then Judah's men came and anointed David king over Judah's house there. They told David that Jabesh-gilead's men had buried Saul. तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे। जब दावीदलाई शाऊललाई गाड्ने मानिसहरू याबेश-गिलादका रहेछन् भनी भनियो,
5 He sent messengers to the men of Jabesh-gilead: "May our Father bless you for this kindness to your lord Saul, burying him. तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्।
6 Now may our Father show you kindness and faithfulness; I too will treat you well for doing this. याहवेहले तिमीहरूमाथि दया र विश्‍वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु।
7 Be strong and take courage, for your master Saul is dead, and Judah's house has also anointed me king over them." अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।”
8 But Abner son of Ner, Saul's army commander, took Ish-bosheth son of Saul and brought him across to Mahanaim. यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए।
9 He made him king over Gilead, over the Ashurites, over Jezreel, over Ephraim, over Benjamin—over all Israel. अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए।
10 Ish-bosheth son of Saul was forty when he became king over Israel; he reigned two years. But Judah's house followed David. शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्‍वासयोग्य भइरहे।
11 David was king in Hebron over the house of Judah for seven years and six months. दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे।
12 Abner son of Ner, with Ish-bosheth son of Saul's servants, left Mahanaim for Gibeon. नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए।
13 Joab son of Zeruiah and David's servants also went out and met them together at Gibeon's pool—one side sitting on one bank, the other on the opposite bank. सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।
14 Abner said to Joab, "Let the young men get up and compete before us." Joab said, "Let them get up." तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।”
15 So they got up and crossed over by count, twelve for Benjamin and Ish-bosheth son of Saul, twelve from David's servants. यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए।
16 Each man gripped his opponent's head and drove his sword into his side, and they fell together. So the place in Gibeon was named Helkath-hazzurim. तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्‍जुरीम भनिन्छ।
17 The fighting that day was very fierce; Abner and Israel's men fell before David's servants. त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए।
18 Zeruiah's three sons were there: Joab, Abishai, and Asahel—Asahel as fast-footed as a wild gazelle. सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए।
19 He chased Abner, turning neither to the right nor to the left as he pursued him. तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे।
20 Abner looked back and said, "Is that you, Asahel?" "It is," he answered. अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”
21 Abner told him, "Turn right or left, seize one of the young men, take his gear." But Asahel refused to stop chasing him. तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।
22 Abner told Asahel again, "Turn back. Why force me to strike you down? How could I face your brother Joab?" फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?”
23 He refused to turn aside, so Abner struck him in the stomach with the butt of his spear; it came out through his back. He fell there and died on the spot. Everyone who came to where Asahel had fallen and died stood still. तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए।
24 Joab and Abishai pursued Abner; at sunset they reached the hill of Ammah, near Giah on the way to the wilderness of Gibeon. तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।
25 Benjamin's men gathered behind Abner, formed one band, and stood atop a hill. तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए।
26 Abner called to Joab: "Must the sword devour forever? Don't you know this will end bitterly? How long until you tell the people to turn back from chasing their brothers?" अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्‍ने?”
27 Joab said, "As surely as our Father lives, if you had not spoken, the people would have kept pursuing their brothers until morning." योआबले जवाफ दिए, “जीवित परमेश्‍वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।”
28 Joab blew the trumpet; all the troops stopped, no longer pursuing Israel or fighting. यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।
29 Abner and his men marched through the Arabah all that night, crossed the Jordan, went through all Bithron, and reached Mahanaim. त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे।
30 Joab turned back from chasing Abner, gathered all the troops, and found nineteen of David's men missing, besides Asahel. तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्‍नाइस जना मानिसहरू हराएका थिए।
31 But David's servants struck down 360 of the men of Benjamin who were with Abner. तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।
32 They carried Asahel, buried him in his father's tomb in Bethlehem; Joab and his men walked all night, reaching Hebron by dawn. तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]