Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 8 ONCV

Show ONCV only
Verse × ×
1 After twenty years, in which Solomon built the house of our Father and his own palace, सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा,
2 Solomon rebuilt the cities that Huram had given him, and settled the people of Israel in them. हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए।
3 Then Solomon marched against Hamath-zobah and overpowered it. त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे।
4 He built Tadmor in the wilderness, along with all the storage cities he built in Hamath. तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे।
5 He also rebuilt Upper Beth-horon and Lower Beth-horon as fortified cities, with walls, gates, and bars, तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए।
6 Baalath, all Solomon's supply cities, his chariot and horsemen cities, and all he desired to build in Jerusalem, Lebanon, and his whole realm. साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए।
7 There were still people left from the Hittites, Amorites, Perizzites, Hivites, and Jebusites, who were not Israelites. हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);
8 Their descendants still living in the land, whom Israel had not destroyed, Solomon conscripted for forced labor, as they still are today. अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ।
9 Solomon enslaved no Israelites for his work; they were soldiers, commanders of his officers, and commanders of his chariots and horsemen. तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए।
10 These were King Solomon's chief officers: 250 who supervised the people. तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू।
11 Solomon brought Pharaoh's daughter from the City of David to the house he built her, saying, "No wife of mine will live in David king of Israel's house, for holy is wherever our Father's ark has entered." सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।”
12 Then Solomon offered burnt offerings to our Father on the altar he built before the portico, दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए।
13 daily as required, by Moses' command: Sabbaths, New Moons, and three yearly festivals—the Feast of Unleavened Bread, the Feast of Weeks, and the Feast of Tabernacles. मोशाको व्यवस्थाअनुसार शब्बाथका दिनहरू, औँसी र वर्षमा तीनपल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे।
14 Following his father David's rules, he set priestly divisions for service, Levite divisions to praise and serve before the priests as each day required, and gatekeeper divisions at each gate, for David the man of our Father had commanded it. आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो।
15 They followed the king's orders to the priests and Levites exactly, down to the storerooms. राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्।
16 All Solomon's work was finished, from the day our Father's house was founded until its completion; our Father's house was complete. याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो।
17 Then Solomon went to Ezion-geber and Eloth on the seacoast in the land of Edom. तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए।
18 Huram sent him ships by his servants, with sailors who knew the sea; they sailed with Solomon's servants to Ophir, took about seventeen tons of gold, and brought it to King Solomon. हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]