Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 6 ONCV

Show ONCV only
Verse × ×
1 Then Solomon said, "Our Father has said that he would dwell in thick darkness. तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ।
2 But I have built you an exalted house, a place for you to dwell in forever." मैले तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु, तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।”
3 Then the king turned and blessed the whole assembly of Israel as they all stood. इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
4 He said, "Praise our Father, the God of Israel, whose hand has fulfilled what his mouth promised my father David, saying, त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्‍नुभयो,
5 'Since the day I brought my people out of Egypt, I chose no city from all the tribes of Israel to build a house for my name to be there, nor any man to rule my people Israel. ‘मैले मेरा मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो आफ्नो नामको खातिर त्यहाँ एउटा मन्दिर बनाउनु भनेर मैले इस्राएलको कुनै कुलमा सहर चुनेको छैनँ, न त मैले आफ्नो जाति इस्राएलमाथि अगुवा हुन भनी कसैलाई चुनेको छु।
6 But I chose Jerusalem for my name to be there, and I chose David to lead my people Israel.' तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’
7 David my father had it in his heart to build a house for the name of our Father, the God of Israel. “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो।
8 But our Father told David my father, 'Because building a house for my name was in your heart, you did well to intend this. तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्।
9 But you will not build the house; your son, from your own body—he will build the house for my name.' तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’
10 Now our Father has fulfilled the word he spoke: I have succeeded David my father and sit on Israel's throne, as he promised, and I have built the house for the name of our Father, the God of Israel. “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
11 There I placed the ark, holding the covenant our Father made with the people of Israel." त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।”
12 Then Solomon stood before our Father's altar in the presence of the whole assembly of Israel and spread out his hands. तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए।
13 Solomon had made a bronze platform about seven and a half feet long, seven and a half feet wide, four and a half feet high, and set it in the middle of the court. He stood on it, knelt before the whole assembly of Israel, and spread his hands toward heaven. सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए।
14 He said, O my Father, God of Israel, no Father is like you in heaven or on earth, keeping covenant and showing loyal love to your servants who walk before you wholeheartedly. तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्‍वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना सेवकहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तो अरू कुनै ईश्‍वर स्वर्ग र पृथ्वीमा छैन।
15 You kept your promise to your servant David my father; what you spoke with your mouth you fulfilled with your hand today. तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ।
16 So now, my Father, God of Israel, keep for your servant David my father what you promised: "You will never lack a man before me on Israel's throne, if only your sons watch their way to walk in my law, as you have walked before me." “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘मेरा व्यवस्थाअनुसार तैँले गरेझैँ तेरा छोराहरू होसियारीसाथ मेरो सामु हिँडेर पालन गरे भने इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन।’
17 And now, my Father, God of Israel, let the word you spoke to your servant David be confirmed. अब, हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्‍नुभएको कुरा सत्य भएर आओस्।
18 But will our Father really live with people on earth? The heavens and highest heavens can't hold you—how much less this house I built. “तर के परमेश्‍वर साँच्‍चै मानिसहरूसित पृथ्वीमा बस्‍नुहुनेछ? आकाश त के, अति उच्‍च स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न। मैले बनाएको यस मन्दिरले त झन् के सक्ला र?
19 Yet hear the prayer of your servant and his plea, O my Father, and hear the cry and prayer your servant prays before you. तरै पनि, हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।
20 May your eyes be open toward this house day and night, toward the place where you said you'd put your name, to hear the prayer your servant prays toward this place. तपाईंले आफ्नो नाम राख्नेछु भनेर भन्‍नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुल्‍लै रहून्। यस ठाउँतिर फर्केर तपाईंको सेवकले चढाएको प्रार्थना सुन्‍नुहोस्।
21 Hear your servant's and your people Israel's pleas when they pray toward this place. Hear from heaven, your dwelling; and when you hear, forgive. तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।
22 If a man sins against his neighbor and must swear an oath, and he comes and swears his oath before your altar in this house, “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने,
23 then hear from heaven and act. Judge your servants: pay back the guilty for their deeds, and clear the righteous, rewarding them by their righteousness. तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्।
24 If your people Israel, defeated by enemies for sinning against you, turn back to praise your name, pray, and plead with you in this house, “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंको अगि प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने,
25 then hear from heaven, forgive the sin of your people Israel, and bring them back to the land you gave to them and their ancestors. तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्।
26 When the sky is shut with no rain because they sinned against you, if they pray toward this place, praise your name, and turn from their sin when you make them suffer, “तपाईंका जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने,
27 then hear from heaven, forgive your servants' sin, your people Israel, when you teach them the good path to walk, and send rain on your land, which you gave your people as their inheritance. तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
28 If famine, plague, blight, mildew, locust, or caterpillar strikes the land; if enemies besiege them in their towns—whatever plague or sickness comes, “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्,
29 whatever prayer or plea anyone or all your people Israel makes, each knowing his own suffering and pain and spreading his hands toward this house, तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने,
30 then hear from heaven, your home, and forgive, and repay each according to all his ways, since you know his heart—for you alone know every human heart, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्‍नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्।
31 so they may fear you and walk in your ways as long as they live on the land you gave our ancestors. यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्।
32 Also, when a foreigner not of your people Israel comes from a distant land for your great name, your mighty hand, and your outstretched arm—when they come and pray toward this house, “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुनेर टाढा देशबाट आएका छन् भने जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,
33 then hear from heaven where you live, and do all the foreigner asks, so all the earth's peoples may know your name and fear you, as your people Israel do, and know this house I built bears your name. तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्।
34 If your people go to war against their enemies wherever you send them, and pray to you toward this city you have chosen and the house I built for your name, “तपाईंका प्रजा आफ्ना शत्रुहरूको विरुद्धमा जाँदा तपाईंले तिनीहरूलाई जहाँ पठाउनुहुन्छ, तिनीहरूले तपाईंले चुन्‍नुभएको यो सहर, मैले तपाईंको नामको खातिर बनाएको यस मन्दिरतिर फर्केर तपाईंसित प्रार्थना गरेको बेला,
35 then hear from heaven their prayer and their plea, and uphold their cause. स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।
36 If they sin against you—for no one is without sin—and you are angry with them and hand them to an enemy who takes them captive to a land far or near, “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्—किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर टाढा र नजिक लगे भने,
37 yet if in the land of their captivity they take it to heart, and turn back and plead with you there, saying, "We have sinned, we did wrong, we acted evilly," तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएको देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने;
38 if they turn back to you with all their heart and soul in the land of their captivity where they were taken, and pray toward their land you gave their ancestors, the city you chose, and the house I built for your name, अनि तिनीहरू आफू कैद भएर लगिएको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन्; र तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर, तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, मैले तपाईंको खातिर बनाएको मन्दिरतिर फर्केर, तिनीहरूले प्रार्थना गरे भने,
39 then hear from heaven, your dwelling place, their prayer and pleas, uphold their cause, and forgive your people who sinned against you. तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्। तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्।
40 Now, my Father, let your eyes be open and your ears attentive to the prayer of this place. “अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्।
41 And now arise, my Father, and come to your resting place, you and the ark of your might. Let your priests, my Father, be clothed with salvation, and let your faithful ones rejoice in your goodness. “अब उठ्नुहोस्, हे याहवेह परमेश्‍वर, तपाईं र तपाईंका शक्तिको सन्दुक, आफ्नो विश्रामस्थलमा आउनुहोस्। तपाईंका पुजारीहरू, हे याहवेह परमेश्‍वर, मुक्ति पहिरिएकाहरू होऊन्, र तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको भलाइमा आनन्द गरून्।
42 My Father, do not reject your anointed one. Remember your covenant love for David your servant. हे याहवेह परमेश्‍वर, तपाईंको अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्। तपाईंको सेवक दावीदलाई प्रतिज्ञा गरिएको अचुक प्रेमलाई सम्झनुहोस्।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]