Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 35 ONCV

Show ONCV only
Verse × ×
1 Josiah kept Passover to our Father in Jerusalem; they slaughtered the Passover lamb on the fourteenth day of the first month. योशियाहले याहवेहका निम्ति यरूशलेममा निस्तार चाड मनाए। पहिलो महिनाको चौधौँ दिन निस्तार चाडको थुमा मारे।
2 He assigned priests their duties and encouraged them in service of our Father's house. तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए।
3 He told the Levites who taught all Israel and were holy to our Father: "Put the holy ark in the house Solomon son of David, king of Israel, built. You need no longer carry it on your shoulders. Now serve your Father and his people Israel. तिनले सारा इस्राएललाई सिकाउने र याहवेहकहाँ पवित्र पारिएका लेवीहरूलाई भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दावीदका छोरा सोलोमनले बनाएको मन्दिरमा राख्नू। यसलाई तिमीहरूका काँधमा राखेर यताउता नलैजानू। अब याहवेह तिमीहरूका परमेश्‍वर र इस्राएलका मानिसहरूको सेवा गर्नू।
4 Prepare yourselves by your fathers' houses, by your divisions, by David king of Israel's written instructions, and his son Solomon's instructions. इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू।
5 Stand in the holy place by family groups of your lay brothers, one Levite division per group. “तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू।
6 Slaughter the Passover lamb, dedicate yourselves, and prepare for your brothers, following the word of our Father through Moses." याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।”
7 Josiah gave the lay people 30,000 lambs and young goats, 3,000 bulls, for Passover offerings—for everyone present, from his own possessions. योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए।
8 His officials also gave willingly to the people, priests, and Levites. Hilkiah, Zechariah, and Jehiel, chief officers of our Father's house, gave the priests 2,600 Passover offerings and 300 bulls. तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्‍वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए।
9 Conaniah, with his brothers Shemaiah and Nethanel, and Hashabiah, Jeiel, and Jozabad, Levite leaders, gave the Levites 5,000 Passover offerings and 500 bulls. केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए।
10 The service was set; priests stood at their posts, Levites by their divisions, as the king commanded. यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए।
11 They slaughtered the Passover lambs; priests sprinkled the blood passed to them, and Levites skinned them. निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे।
12 They set aside the burnt offerings, distributing them by family division among the common people, to offer to our Father as written in the book of Moses; likewise with the bulls. मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे।
13 They roasted the Passover lamb in fire as required, boiled the holy offerings in pots, kettles, and pans, and quickly brought them to all the common people. तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए।
14 Afterward they prepared for themselves and the priests, since the priests, Aaron's sons, were busy offering burnt offerings and fat portions until night; so the Levites prepared for themselves and the priests, Aaron's sons. त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे।
15 The singers, Asaph's sons, stood at their posts as David, Asaph, Heman, and Jeduthun the king's seer had commanded. The gatekeepers stayed at each gate; they had no need to leave their duty, for their fellow Levites prepared for them. सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए।
16 So all the service of our Father was arranged that day: to keep Passover and offer burnt offerings on the altar of our Father, by King Josiah's command. यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्‍न गरियो।
17 The Israelites present kept Passover then, and the Feast of Unleavened Bread seven days. उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए।
18 No Passover like it had been kept in Israel since Samuel the prophet's days; none of Israel's kings kept a Passover like Josiah's, with the priests, Levites, all Judah and Israel present, and Jerusalem's residents. अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्।
19 This Passover was kept in the eighteenth year of Josiah's reign. योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।
20 After all this, once Josiah had prepared the temple, Egypt's king Neco marched up to fight at Carchemish on the Euphrates, and Josiah went out to meet him. यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए।
21 But Neco sent messengers to him, saying, "What do we have to do with each other, king of Judah? I'm not coming against you today, but against the house I'm at war with. God told me to hurry—stop opposing God, who is with me, or he'll destroy you." तर नेकोले तिनीकहाँ दूतहरू पठाएर भने, “हे यहूदाका राजा, तपाईं र मेरो के सरोकार छ र? अहिले मैले आक्रमण गरिरहेको तपाईंसँग होइन, तर मसँग शत्रुतामा रहेको घरानासँग मात्र हो। मलाई चाँडो जानू भन्‍ने परमेश्‍वरको आज्ञा छ। यसकारण मेरो पक्षमा हुनुहुने परमेश्‍वरको विरोध गर्न छोड्नुहोस्, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”
22 Josiah did not turn away from him, but disguised himself to fight him. He ignored Neco's words from the mouth of our Father, and went to fight in the plain of Megiddo. तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्‍वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए।
23 Archers shot King Josiah; he told his servants, "Get me out—I'm badly wounded." धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।”
24 His servants moved him from the chariot to his second chariot and brought him to Jerusalem, where he died and was buried in his fathers' tombs. All Judah and Jerusalem mourned Josiah. यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे।
25 Jeremiah composed laments for Josiah, and to this day all the singers, men and women, sing laments for Josiah. This became a custom in Israel, and it is written in the Laments. यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्।
26 The rest of Josiah's acts, and his faithful deeds in keeping with what is written in our Father's law. योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू,
27 His acts, first to last, are written in the Book of the Kings of Israel and Judah. सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]