Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 33 ONCV

Show ONCV only
Verse × ×
1 Manasseh was twelve years old when he became king, and he reigned fifty-five years in Jerusalem. राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे।
2 He did evil in our Father's sight, like the detestable things of the nations our Father drove out before the Israelites. याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे।
3 He rebuilt the high places his father Hezekiah had torn down, built altars to the Baals, made Asherah poles, and he bowed down to all the forces of heaven and worshiped them. आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे।
4 He built altars in our Father's house, where our Father said, "In Jerusalem my name remains forever." तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
5 He built altars to all heaven's forces in both courts of the house of our Father. याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए।
6 In the Valley of Ben-Hinnom he sacrificed his sons in the fire, practiced fortune-telling, omens, and witchcraft, and consulted mediums and spiritists. He did great evil before our Father, provoking his anger. तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा अति दुष्‍टता गरे; अनि उहाँलाई रिस उठाए।
7 He set the carved image he made in the house of our Father, of which our Father said to David and his son Solomon, "In this house and in Jerusalem, which I chose from all the tribes of Israel, I will put my name forever. तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्‍वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्‍वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु।
8 I will never again remove Israel from the land I gave your ancestors, if only they carefully keep all I commanded them—the whole law, decrees, and rules through Moses." मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।”
9 But Manasseh led Judah and Jerusalem's people astray, doing more evil than the nations our Father destroyed before Israel. तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे।
10 Our Father spoke to Manasseh and his people, but they would not listen. याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्।
11 So our Father brought the army commanders of Assyria's king against them; they captured Manasseh with hooks, bound him in bronze shackles, and took him to Babylon. यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे।
12 Distressed, he sought our Father's favor, humbling himself deeply before the God of his fathers. आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्‍वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्‍वरको सामु विनम्र तुल्याए।
13 He prayed to him, and our Father, moved by his plea, heard his cry for mercy, brought him back to Jerusalem, to his kingdom. Then Manasseh knew that our Father is God. जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्‍नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाए।
14 Afterward he rebuilt the City of David's outer wall, west of Gihon in the valley to the Fish Gate entrance, around the Ophel, raising it very high. He posted army commanders in all Judah's fortified cities. त्यसपछि तिनले बेँसीमा गीहोनको पश्‍चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए।
15 He removed the foreign gods and idol from our Father's house, with all the altars he'd built on the temple mount and in Jerusalem, and threw them out of the city. तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए।
16 He rebuilt our Father's altar, sacrificed peace and thank offerings on it, and commanded Judah to serve our Father, the God of Israel. त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्‍वरको सेवा गर्नू भने।
17 The people, however, still sacrificed at the high places, but only to our Father, their God. तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्‍वरका लागि मात्र चढाउँथे।
18 Manasseh's other acts, his prayer to our Father, and the seers' words to him in the name of our Father, the God of Israel, are in the records of Israel's kings. मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्‍वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्‍वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।
19 His prayer, how our Father was moved by him, all his sin and unfaithfulness, and the places where he built high places, set up Asherah poles, and carved images before he humbled himself—all recorded in the seers' records. तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्‍वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्‍वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्।
20 Manasseh died and was buried in his palace. And his son Amon became king in his place. मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए।
21 Amon was twenty-two years old when he became king, and he reigned two years in Jerusalem. राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे।
22 He did evil before our Father, as his father Manasseh had. Amon sacrificed to all the carved images Manasseh made and worshiped them. तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।
23 Unlike his father Manasseh, he did not humble himself before our Father; instead Amon multiplied his guilt. तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।
24 Amon's servants conspired against him and killed him in his palace. आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
25 The people of the land killed all who conspired against King Amon and made his son Josiah king in his place. तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]