Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 13 ONCV

Show ONCV only
Verse × ×
1 In the eighteenth year of King Jeroboam, Abijah became king of Judah. यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए।
2 He reigned three years in Jerusalem; his mother was Micaiah, Uriel of Gibeah's daughter. Abijah and Jeroboam went to war. तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्। अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो।
3 Abijah joined battle with an army of 400,000 chosen warriors, mighty in war; Jeroboam lined up against him with 800,000 chosen, mighty warriors. अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने।
4 Abijah stood on Mount Zemaraim in Ephraim's hill country and said, "Hear me, Jeroboam and all Israel! अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
5 Don't you know our Father, the God of Israel, gave David and his sons Israel's throne forever, by a covenant of salt? याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र?
6 But Jeroboam son of Nebat—a servant of Solomon son of David—rose and rebelled against his master. तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे।
7 Worthless men gathered around him, defying Solomon's son Rehoboam, young and timid, unable to resist them. केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए।
8 Now you think you can resist our Father's kingdom in David's sons' hands, since you're a huge crowd with the golden calves Jeroboam made as your gods. “अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्।
9 Haven't you driven out our Father's priests, Aaron's sons and the Levites, and made your own priests like other nations? Anyone who comes with a young bull and seven rams can become a priest of things that aren't gods. तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्‍वर हुँदै होइन।
10 But our Father is ours, and we haven't abandoned him. The priests serving him are Aaron's sons, and the Levites are at their work. “हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्।
11 Every morning and evening they burn to our Father burnt offerings and fragrant incense; they set rows of bread on the pure gold table and tend the gold lampstand, lit every evening. We keep our Father's charge, but you have abandoned him. हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्‍चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ।
12 Look, our Father is with us at our head, and his priests have trumpets to sound alarm against you. Israelites, do not fight our Father, the God of your ancestors, for you will not prevail." परमेश्‍वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।”
13 Jeroboam had sent an ambush around, to come from behind them; his forces faced Judah, the ambush behind them. त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए।
14 Judah turned, saw battle facing them front and back, cried to our Father; the priests blew the trumpets. यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके।
15 Judah's men shouted the war cry, and as they shouted, our Father struck Jeroboam and all Israel before Abijah and Judah. यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्‍वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो।
16 The people of Israel fled before Judah, and our Father handed them over to Judah. इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो।
17 Abijah and his army struck them a heavy blow; 500,000 chosen men of Israel fell dead. अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए।
18 So Israel was humbled then, and Judah prevailed because they relied on our Father, God of their ancestors. इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा राखे।
19 Abijah chased Jeroboam, capturing cities from him—Bethel and its villages, Jeshanah and its villages, Ephron and its villages. अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए।
20 Jeroboam never regained his strength during Abijah's lifetime, and our Father struck him down, and he died. अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे।
21 But Abijah grew strong. He married fourteen wives and had twenty-two sons and sixteen daughters. तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।
22 The rest of Abijah's acts, his ways and sayings, are written in the prophet Iddo's commentary. अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]