Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

2 Chronicles 11 ONCV

Show ONCV only
Verse × ×
1 Rehoboam came to Jerusalem and assembled the house of Judah and Benjamin—180,000 chosen warriors—to fight against Israel and restore the kingdom to Rehoboam. जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
2 But the word of our Father came to Shemaiah, the man of our Father, saying: तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो:
3 "Say to Rehoboam son of Solomon, king of Judah, and to all Israel in Judah and Benjamin: “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्,
4 This is what our Father says: Don't go up or fight against your brothers. Go home, each of you—this came from me." So they obeyed the words of our Father and turned back from advancing against Jeroboam. ‘याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के।
5 Rehoboam lived in Jerusalem and built up cities for defense in Judah. रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे:
6 He built Bethlehem, Etam, and Tekoa, बेथलेहेम, एताम, तको,
7 Beth-zur, Soco, Adullam, बेथ-सूर, सोको, अदुल्‍लाम,
8 Gath, Mareshah, Ziph, गात, मारेशा, जीप,
9 Adoraim, Lachish, Azekah, अदोराइम, लाकीश, अजेका,
10 Zorah, Aijalon, and Hebron, the fortified cities in Judah and Benjamin. सोरा, अय्यालोन र हेब्रोन, जो यहूदा र बेन्यामीनमा भएका सुरक्षित सहरहरू थिए।
11 He strengthened the fortresses and put commanders in them, along with stores of food, oil, and wine. तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए।
12 In every city he placed shields and spears, strengthening them greatly. So Judah and Benjamin remained his. तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए।
13 The priests and the Levites who were throughout all Israel came to him from all their territory, तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्‍लाहरूबाट तिनीकहाँ हाजिर भए।
14 for the Levites left their pasturelands and property, going to Judah and Jerusalem, since Jeroboam and his sons turned them away from serving as priests of our Father. लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए।
15 He appointed his own priests for the high places, for the goat idols, and for the calf idols he had made. तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए।
16 From every tribe of Israel, those who set their heart on seeking our Father, the God of Israel, followed the Levites to Jerusalem to sacrifice to our Father, the God of their ancestors. आफ्ना हृदय याहवेह इस्राएलका परमेश्‍वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे।
17 They strengthened Judah's kingdom, supporting Rehoboam son of Solomon three years, for they walked in the way of David and Solomon three years. तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।
18 Rehoboam married Mahalath, the daughter of Jerimoth son of David and of Abihail the daughter of Eliab son of Jesse. रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्।
19 She bore him sons: Jeush, Shemariah, and Zaham. महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम।
20 After her, he married Maacah the daughter of Absalom, who bore him Abijah, Attai, Ziza, and Shelomith. तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्।
21 Rehoboam loved Maacah daughter of Absalom more than his other wives and concubines, since he had eighteen wives, sixty concubines, twenty-eight sons, and sixty daughters. रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए।
22 Rehoboam made Abijah, son of Maacah, chief leader among his brothers, intending to make him king. रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे।
23 He acted wisely, spreading some of his sons through every district of Judah and Benjamin, to each fortified city, giving them abundant provisions and seeking many wives for them. तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्‍लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]