Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Peter 1 ONCV

Show ONCV only
Verse × ×
1 Peter, apostle of Jesus Christ, to the chosen exiles scattered through Pontus, Galatia, Cappadocia, Asia, and Bithynia. येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट, परमेश्‍वरका चुनिएका, परदेशीहरू, जो पोन्टस, गलातिया, कापाडोकिया, एशिया तथा बिथिनिया प्रदेशहरूमा छरिएर रहेका छन्,
2 Chosen by our Father's foreknowledge, made holy by the Holy Spirit, to obey Jesus Christ and be sprinkled with his blood: grace and peace multiplied to you. येशू ख्रीष्‍टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा होऊन्!
3 Blessed is our Father, and the Father of our Lord Jesus Christ: by his great mercy he gave us new birth into a living hope through Jesus Christ's resurrection from the dead, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरलाई स्तुति होस्! उहाँको अपार कृपामा येशू ख्रीष्‍टको मृत्युबाट पुनरुत्थानद्वारा जीवित आशामा हामीलाई नयाँ जन्म दिनुभएको छ।
4 into an inheritance that can never perish, spoil, or fade, kept in heaven for you, अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;
5 protected through faith by our Father's power for the salvation ready to be revealed in the last time. जुन पछिल्‍ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्‍वासद्वारा परमेश्‍वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ।
6 You rejoice greatly in this, though now, briefly, you may have had to be distressed by various trials. सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।
7 These have come so that your faith—tested and found genuine, worth more than fire-refined gold that still gets destroyed—may bring praise, glory, and honor when Jesus Christ appears. आगोबाट खारिने, तर नष्‍ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्‍वास मूल्यवान् छ। तिमीहरूको यो विश्‍वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्।
8 Though you've never seen him, you love him; though you don't see him now, you trust him, rejoicing with joy beyond words and full of glory, यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ;
9 for you are receiving the goal of your faith, the salvation of your souls. किनकि तिमीहरूको विश्‍वासको अन्तिम परिणाम भनेको तिमीहरूका प्राणको मुक्ति हो।
10 Prophets who spoke of the grace meant for you investigated and searched carefully into this salvation, तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए।
11 searching for the time and situation the Spirit of Christ in them pointed to, when he predicted Christ's sufferings and the glories after them. तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।
12 It was revealed to them: they served not themselves but you, when they spoke of these things now announced to you through those who preached the good news to you by the Holy Spirit sent from heaven. Even angels long to look into these things. उनीहरूले आफ्नो होइन, तर तिमीहरूको सेवा गरेको कुरा तिनीहरूलाई प्रकट गराए, जतिखेर तिनीहरूले स्वर्गबाट पठाइनुभएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूले अहिले तिमीहरूलाई भनेका कुराहरूबारे बताएका थिए। स्वर्गदूतहरूले पनि यी कुराहरू उत्सुकताका साथ हेर्न चाहेका थिए।
13 So, minds braced for action and fully sober, hope completely on the grace to be brought to you when Jesus Christ is revealed. यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्‍त गर्नेछौ।
14 As obedient children, don't let yourselves be shaped by the desires you once followed in your ignorance. आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल;
15 But just as the one who called you is holy, so be holy in all you do; तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ।
16 for it is written: "Be holy, because I am holy." किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: “पवित्र होओ; किनकि म पवित्र छु।”
17 Since you call on a Father who judges every deed without favoritism, spend your exile time here in reverent fear. किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ;
18 You know silver and gold—things that decay—didn't rescue you from the empty life passed down from your ancestors, किनकि तिमीहरू जान्दछौ, तिमीहरूका पितापुर्खाबाट तिमीहरूले पाएको खोक्रो परम्परादेखि छुटकारा पाएका छौ, चाँदी वा सुनजस्ता नाशवान् वस्तुबाट होइन,
19 but with Christ's precious blood, a lamb without defect or stain. तर दाग र खोट नभएको थुमा, ख्रीष्‍टको बहुमूल्य रगतले छुटकारा पाएका छौ।
20 Chosen before the world's foundation, revealed in these last times for your sake. उहाँ संसारको सृष्‍टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो।
21 Through him you believe in our Father, who raised him from the dead and glorified him, so your faith and hope are in our Father. उहाँद्वारा तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्‍वास र आशा परमेश्‍वरमाथि छ।
22 Having purified your souls by obeying the truth for sincere love of the brothers, love each other deeply from a pure heart. अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।
23 For you have been born again—not of perishable seed but imperishable—through the living, enduring word of our Father. किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।
24 For, "All people are like grass, and all their glory like the flowers of the field; the grass withers and the flowers fall, पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,
25 but the word of our Father endures forever." And this is the word that was preached to you. तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]