Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 17 ONCV

Show ONCV only
Verse × ×
1 After David settled in his house, he told Nathan the prophet, "Look, I live in a cedar house, but the ark of our Father's covenant sits under tent curtains." दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।”
2 Nathan replied to David, "Do all that is in your heart, for our Father is with you." नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ।”
3 But that night the word of our Father came to Nathan: तर त्यस रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो:
4 Go tell David my servant: "This is what your Father says: You are not the one to build me a house to live in." “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, मेरो वासस्थानको भवन बनाउने व्यक्ति तँ होइनस्।
5 I haven't lived in a house from the day I brought Israel up to now—I've moved tent to tent, dwelling to dwelling. मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु।
6 Wherever I moved with all Israel, did I ever speak a word to any of Israel's judges, whom I commanded to shepherd my people, asking, 'Why haven't you built me a cedar house?' म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरा प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका अगुवाहरूमध्ये कसैलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’
7 So tell my servant David: "This is what the Father of heaven's armies says: I took you from the pasture, from following the flock, to be ruler over my people Israel. “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।
8 I've been with you everywhere you went, and cut off all your enemies before you. Now I'll make your name like the name of earth's greatest ones. तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु।
9 I will appoint a place for my people Israel and plant them there, to live in their own home, never disturbed again. Wicked people will no longer wear them down as before, अनि म मेरो जाति इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्, जसरी विगतमा तिनीहरूले गरेका थिए,
10 since I appointed judges over my people Israel, I will subdue all your enemies. I tell you: your Father will build you a house. मैले आफ्नो जाति इस्राएलमाथि अगुवाहरू नियुक्त गरेको समयदेखि सताउँदैआएका थिए। म तेरा सबै शत्रुहरूलाई तेरो अधीनमा पार्नेछु। “ ‘म तँलाई भन्दछु, याहवेह आफैँले तेरो निम्ति एउटा घर निर्माण गर्नुहुनेछ:
11 When your days end and you go to be with your ancestors, I will raise your offspring after you, one of your sons, and I will establish his kingdom. जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।
12 He is the one who will build me a house, and I will establish his throne forever. त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
13 I will be his Father; he will be my son. I won't remove my covenant love from him as I removed it from the one before you. म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।
14 I will set him over my house and my kingdom forever; his throne will stand firm forever." म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”
15 Nathan reported to David all these words and this entire vision. नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
16 Then King David went in, sat before our Father, and said, "Who am I, my Father, and what is my house, that you have brought me this far? त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने: “हे याहवेह परमेश्‍वर, म को हुँ र? मेरो परिवार के हो र, तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ?
17 And as if this were a small thing in your eyes, my Father—you have spoken of your servant's house reaching into the distant future, and you have looked on me as the greatest of men, my Father. हे परमेश्‍वर, यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, तपाईंले आफ्नो सेवकको घरको भविष्यको बारेमा भन्‍नुभएको छ। हे याहवेह परमेश्‍वर, तपाईंले मलाई एक अति उच्‍च प्रसिद्ध मानिसझैँ मसँग व्यवहार गर्नुभएको छ।
18 What more can David say to you for honoring your servant? For you know your servant. “तपाईंले आफ्नो सेवकलाई सम्मान दिनुभएकोमा दावीदले अझ बढी के भन्‍न सक्छ र? किनकि तपाईं आफ्नो सेवकलाई जान्‍नुहुन्छ।
19 My Father, for your servant's sake and by your own heart, you have done all these great things, revealing all these great promises. हे याहवेह, आफ्नो सेवकको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि तपाईंले यी सबै महान् प्रतिज्ञाहरू जान्‍न दिनुभएको छ।
20 My Father, none is like you, no Father besides you, as all we've heard with our ears. “हे याहवेह, तपाईंजस्तो अरू कोही छैन; र हामीले आफ्नै कानले सुनेझैँ तपाईंबाहेक अर्को परमेश्‍वर छैन।
21 Who is like your people Israel, the one nation on earth our Father went to redeem as a people for himself, making yourself a name by great and awesome deeds, driving out nations before your people, whom you redeemed from Egypt? तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।
22 You made your people Israel your very own forever, and you, my Father, became their Father. तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
23 Now, my Father, let the word you spoke about your servant and his house stand forever; do as you have spoken. “यसकारण अब हे याहवेह, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा, तपाईंले प्रतिज्ञा गर्नुभएझैँ, सदाको निम्ति कायम गर्नुहोस्।
24 Let it stand, and your name grow great forever, so it's said, 'The Father of heaven's armies is our Father over Israel.' Let your servant David's house be established before you. ताकि त्यो प्रतिज्ञा कायम रहोस्, र तपाईंको नाम सदाका निम्ति महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह, इस्राएलमाथिका परमेश्‍वर नै, इस्राएलका परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।
25 For you, my Father, revealed to your servant that you will build him a house—so your servant found courage to pray before you. “हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई उसको निम्ति एउटा घर बनाइदिनुहुनेछ भनी तपाईंले प्रकट गर्नुभएको छ। त्यसैले तपाईंको सेवकले तपाईंलाई प्रार्थना गर्ने हिम्मत गरेको छु।
26 Now, my Father, you are our Father; you promised your servant this good thing. हे याहवेह, तपाईं नै परमेश्‍वर हुनुहुन्छ! तपाईंले आफ्नो सेवकलाई यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।
27 Now you have chosen to bless your servant's house, so it may continue before you forever; for you, my Father, have blessed it, and it is blessed forever." अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्‍न हुनुभएको छ; ताकि यो तपाईंको दृष्‍टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]